ओम्नी ग्रुपसँग भएको विवादस्पद ठेक्का सम्झौता रद्द
काठमाडाैं । सरकारले स्वास्थ्य सामग्री आपूर्तिका ओम्नी गु्रुपसँग गरेको ठेक्का सम्झौता रद्द गरेको छ । आज मन्त्रालयमा भएको ब्रिफिङमा साे ठेक्का रद्द भएकाे बताइएकाे हाे । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीसँगकाे ठेक्का रद्द भएकाे पुष्टि गरे । विश्वभर फैलिरहेकाे काेराेना भाइरस ( काेभिड १९)काे महामारी राेक्न स्वास्थ्य सामाग्री आपूर्ति गर्नका लागि ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । साथै, ओम्नी गु्रुपकाे ५ कराेड रुपैयाँ धराैटी पनि जफत गरेकाे छ । उनका अनुसार ओम्नी समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन सकेन भने भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो । यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले रद्द गर्नु परेको श्रेष्ठले बताए । ‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसक्यो, उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन’ ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो, अब जसले पाँच दिनभित्र ल्याउनसक्छ उसैलाई दिइन्छ ’ उनले भने । चीन सरकारले १९ वटा कम्पनीलाई मात्रै अनुमति दिएको छ । उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने बताए ।
महामारी आइहालेको अवस्थाम स्क्रिनिङको लागि प्रयोग गर्न र्यापिड टेष्ट किट ल्याईएको हो: डा. खेम कार्की
काठमाडौं । सरकारले ल्याएको र्यापिड टेष्ट किट परीक्षण पछि मात्र प्रयोगमा आउने स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रलायका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बुधबार एक विज्ञप्ती जारी गर्दै अनधिकृत श्रोतबाट उक्त किटको प्रयोग भएको हल्ला सुन्न आएकोले उक्त किट प्रयोग नर्गनलाई आग्रह गरेको बताएका छन् । कोरोनाले महामारीको रुप लिईहालेको अवस्थामा पुर्वतयारीको रुपमा उत्तर किट ल्याईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त किटमा स्क्रिनिङ मात्र गरिने र शंकास्पदहरुलाई पिसिआर मै जाँच गर्न बताईएको छ । ‘सरकारले खरिद गरेर ल्याएको किट चीन सरकारले प्रमाणित गरेको किट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेष्ट गनुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्टकिट प्रयोग गरि स्क्रिनिङ गर्ने र शंकास्पदहरुलाई पिसिआरबाटै जाँच गरि निक्र्यौल गर्न अन्तराष्ट्रिय मान्यता अनुसार पुर्वतयारी गर्न खोजिएको हो । अहिले युरोप, अमेरिकाले पनि यही विधि मार्फत परीक्षण गराईरहेका छन् , ’ विज्ञप्तीमा उल्लेख छ । उक्त किटको जाँच गर्न नेपाल अनुसन्धान परिषदलाई उनुरोध गरिसकेको कार्कीले बताएका छन् ।
हामी नआत्तिऊँः कोरोनाविरुद्ध लड्न यसरी लाग्दैछ मानवजाति
अमेरिकन मनोवैज्ञानिक तथा स्वास्थ्य विशेषज्ञहरु भन्छन्, ‘मान्छेमा चिन्ता बढाउने एक हिस्सा सूचना र जानकारीको अभाव हो, सर्वसाधारणमा चिन्ता अधिक छ, जसले धेरै हदसम्म शक्तिहीनताको भावना उकास्छ ।’ विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले सबैलाई चिन्तित त बनाएको नै छ, अझ त्यसमा पनि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमको गलत सूचना प्रवाहले उतिकै आम नागरिकहरु आजित बनेका छन् । जसले झन बढी त्रसित बनाउन भूमिका खेलिरहेका छन् । अहिले विश्वभरका मानिजसहरुको ध्यान कोरोना भाइरसतर्फ छ । विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक र चिकित्सकहरु मिलेर यो भाइरसको निदान गर्ने प्रक्रियामा जुटिरहेका छन् । जब हामीलाई आपत–विपत पर्छ अनि हामी सम्झन्छौं भगवानलाई । अमेरिकाका एक रिक्स कम्युनिकेसनविज्ञ डेभिड रोपिकले भनेका छन् कि जब हामीलाई संकट आइपर्र्छ, बाहिर ठूलो बूजेम्यान ( राक्षस) छ भने जसरी नै ‘हे भगवान भन्छौं ।’ जसले हामीलाई झन कमजोर महसुस गराउँछ र जोखिम पनि बढाउँछ । त्यस्तै अहिले विश्वभरका मानिसलाई नै छ । अझ हामी त भन्छौं कि ‘पशुपतिले रक्षा गरुन्।’ केही सकरात्मक सूचना र जाकारी, आत्मविश्वास र आत्वसावधानीले समस्याको समाधान सजिलैसँग गर्न सकिन्छ । त्यहि विकल्प रोज्दै अहिले धेरै देशले लकडाउनको पनि घोषणा गरिसकेका छन् । अहिले सबै घभित्रै बसेर सावधानी अपनाइरहेका छन् । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित चीन, इटाली, इरान, स्पेन, अमेरिका, फ्रान्सलगायतका मुलुक छन् । तर, यही बीचमा आइरहेका कतिपय समाचारले मानिसलाई खुसी बनाउने खालका छन् । नेपालका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे पनि यो समय आतिँने नभई सरकारलाई सहयोग गर्ने र संयमता अपनाउनु पर्ने भएको बताउँछन् । उनी विश्वमा दैनिक रुपमा कोरोना भाइरसको निदान तथा उपचारमा धेरै प्रगति भइरहेकोले बढी चिन्ता लिनु पर्ने नभएको बताउँछन् । यसरी भइरहेकाे छ प्रयासः –चीनको वुहान कोरोना भाइरसको महुान हो । जहाँको अवस्था सामान्य भइसकेको छ । अब यसले विस्तार अन्य देशमा भएको संक्रमण पनि कम हुँदै जान्छ भन्ने बुझाउँछ । चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ । यस्तै, चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् । जसले गर्दा वृद्धवृद्धाहरुको मनोवल पनि उच्च भएको छ । – हालसम्म करिब १ लाख ८० हजार संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । जुन हामी सबैका लागि राम्रो सन्देश हो । यसले कोरोना लाग्दैमा मान्छेको मृत्यु हुन्छ भन्ने मानसिकता पनि हटाएको छ । युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता ९५ प्रतिशत बिरामी निको भएर फर्किएका छन् । – कोरियामा पनि कोरोना संक्रमितको ग्राफ घट्दै गएको छ भने जापानले पनि संक्रमणलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । – छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ । एक सयभन्दा बढी कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किसकेका छन् । भारतमा पनि एक ८६ बर्षका बिरामी जो सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् । – हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी रएड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् । कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० प्रतिशतको मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो । – अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटरीले पाँच मिनेटमा कोरोना भाइरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । जसले अब धेरै मानसिलाई परीक्षण गर्न सहयोग पुग्छ । र, धेरै परीक्षणको दायरामा आउँछन् । संसारभर नयाँ, द्रुत परीक्षणहरू पनि विकसित भइरहेका छन् । – विश्व स्वास्थ्य संगठनले ६ वटा औषधिहरुलाई मानिसमा परीक्षण गरिसकेको छ । यदि त्यसको नतिजा सकरात्मक आयो भने हामी सबैले कोरोना भाइरसबाट छुट्कारा पाउनेछौं । – इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् । इजरायलका वैज्ञानिकहरु कोरोनाभाइरसविरुद्धको खोप तयार भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्। – क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड १९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको जनाएको छ । –नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण हुन थालेको छ । सरकारले स्वास्थ्य सामग्रीहरु बढाएको छ । नेपालमा अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ । सरकारले लक डाउनलाई प्रभावकारी बनाइरहेको छ । नागरिकले यसमा साथ दिइरहेका छन् । ..र याे पनि वातावरण प्रदुषणमा कमी विश्वका धेरै देश अहिले लकडाउनमा छन् । यसले मानिसको आगावमन रोकेको छ । उद्योगधन्दा कलकारखाना र यातायातहरु ठप्प छन् । यसको कटौतीले वातावरण प्रदुषणमा निकै कमि आएको छ । वायु प्रदुषण एकदमै रोकेको तछ । वातावरण प्रदुषण कै कारण पनि विश्वमा हजारौं मानिसहरुले ज्यान गुमाउँथे । तर अब त्यो अवस्था रहेन । यो अवधिमा वातावरण निकै मात्रामा स्वच्छ भइसकेको छ । सहयोग उपलब्धता मानव सर्वश्रेष्ठ प्राणी हो । मान्छे जति स्वार्थी भएपनि अन्त्यमा उसलाई अर्काको सहयोग चाहिन्छ र उसले साथी र समुदाय खोज्छ । त्यो परिपाटी र संस्कार अहिले देखिएको छ । यो भन्दा अगाडि एकले अर्कालाई नटेर्ने परिपाटी देखिन्थ्यो । कोरोनाको कारण भने त्यो विस्तारै हट्दै गएको छ । मान्छे मान्छेमा मात्र होइन देशदेशहरु एक आपसमा जुटिरहेका छन् । आत्मियता देखाइरहेका छन् । जुन यो महामारीले सम्भव भएको हो । हिजो ढोका बन्द गरेर सुतेर बस्ने मानिस आज छिमेकीलाई कस्तो छ भनेर सोधिरहेको छ । एक देशले अर्को देश र सरकारले नागरिकलाई राहत तथा सहयोग गर्ने क्रम बढेको छ । हिजो शहरमा एकान्तमा बस्ने छोरो आज आमाबुवा सम्झेर गाउँतर्फ हिडेको छ । यो पनि एउटा आत्मियता र समाज दर्शाउने उदाहरण हो । विश्वका शक्तिशाली दुई देश अमेरिका र चीनका राष्ट्रपतिले एक आपसमा मिलेर कोरोनाको निदान गर्ने समझदारी गरिसकेका छन् । जो विश्वका लागि सुखद कूरा हो ।