धनगढीकी महिलामा लक्षण बिनै काेराेना देखियाे

काठमाडाैं । शनिबार काेराेना संक्रमण देखिएकी धनगढीकी महिलामा काेराेना भाइरसकाे कुनै लक्षण नदेखिएकाे बताइएकाे छ । आज कोरोना देखिएकी युवती धनगढीका काेराेना संक्रमित युवककी भाउजु हुन् । चिकित्सकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् । तर, उनमा भने ती कुनै लक्षण नदेखिएकाे बताइएकाे हाे । सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले उनमा काेराेनाकाे लक्षण नदेखिएकाे तर नमुना संकलन गरी परीक्षण गरिसकेपछि रिपाेर्ट पाेजेटिभ देखिएकाे बताए । हाल, सेती प्रादेशीक अस्पतालमा अपचाररत चारै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेका अस्पतालले बताएकाे छ ।

कोरोना संक्रमितः नाका छलेर चोरबाटाे अपनाए, न क्वारेन्टाइनमा बसे

काडमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा देखिएका कोरोना संक्रमितले मुख्य नाका छलेर चोरबाटो अर्थात अर्कै नाकाबाट नेपाल प्रवेश गरेको बुझिएको छ । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतमा रहेका नेपालीहरु स्वदेश आएका थिए । तर, नेपाल सरकारले त्यतिसम्म अर्थात चैत्र ११ गते लकडाउन घोषणा गरिसकेको थियो । भारतबाट आएका नेपाली सीमा नाका गड्डाचौकी र त्रिनगरमा अलपत्र परे । तिनीहरुमध्ये धेरैले सरकारको आँखा छले । कतियय महाकाली नदिबाट पौडी खेलेर नेपाल प्रवेश गरे भने कतिपयले विभिन्न जंगल हुँदै स्वदेश आए । सरकारको आँखा छलेर तिनीहरुले स्वदेश त प्रवेश गरे तर आफुले संयमता अपनाएनन् । बरु आफुलाई कोरोना नलागेको भनेर फुर्ती गर्दै घर परिवारसँग बस्न थाले । सरकारले गरेकाे लकडाउनकाे धज्जी उडाउँदै नाकामा नारा जुलुस गरे ।   अन्तिममा केही नलागेपछि सरकारले उनीहरुलाई गाडीमा राखेर जिल्ला-जिल्लामा पुर्यायो । घर पुगेपछि उनीहरुले क्वारेन्टाइनमा बस्न उचित ठानेनन् । प्रदेश सरकारले उनीहरुसँग १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने सम्झौता गर्दै जिल्ला-जिल्लामा त पठायो तर उनीहरु त्यसप्रति सजग बनेनन् । बरु यो सरकारलाई दोष दिँदै सरकारको लागि हो जसरी घमण्डका साथ काम गरी परिवारसँग घुलमिल गरे । फलस्वरुप आज कैलालीमका भारतबाट आएका दुई जनामा कोरोना पोजेटिभ देखियो । उनीहरु दुवै जनाले चोरबाटो अपनाएका थिए । उनीहरु दुवैले मुख्य नाका छल्दै लुकेर भारतबाट आएको पाइएको छ । ती दुबैजना भारतबाट फर्किएका हुन्। कैलालीका कोरोना संक्रमित युवक ११ गते ९ सय ९९ को भीडमा गौरीफन्टामा थिए।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए। उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाईनमा ल्याईएको थियो। नमुना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाएकोमा आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको थियो। तर, कञ्चनपुरमा भेटिएका संक्रमित भने चाेरबाटाे अपनाएर स्वदेश फर्केका थिए । स्रोतका अनुसार उनी लकडाउनको अवस्थामा गड्डाचौकी नाका बन्द रहेको अवस्थामा चैत्र १४ गते ब्रम्हदेव हुँदै कञ्चनपुर पुगेका थिए । संक्रमित एकजना भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष हुन् उनी कञ्चनपुरको वेदकोट नगरपालिकाका हुन् । अर्को संक्रमित कैलालीका २१ वर्षीय पुरूष हुन् र उनी मुम्बइबाट फर्किएका थिए । यसरी मुख्य नाका छलेर चोरबाटो अपनाउने धेरै छन् । अब उनीहरु पनि बढी जोखिममा छन् । सरकारले आम नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै सावधानी अपनाउन अनुरोध गरिरहेको बेला नागरिकहरु नै सरकारले आफ्नै लागि गरेको हो भन्ने जसरी वेवास्ता गर्दा नेपालमा नै जोखिम बढेको छ । सम्पूर्ण नेपालीका लागि अपनाएको यो विधि र सजगतालाई एक/दुई जनाले वेवास्ता गर्नु सम्पूर्ण नेपालीको स्वास्थ्य माथि खेलबाड गर्नु हो । यति बेला आफ्नो स्वास्थ्य मात्र होइन अरुको स्वास्थ्य र जीवनका लागि पनि सजग बनिदिनु पर्छ ।

कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, दाेस्राे चरणमा के हुन्छ ?

काठमाडौं । नेपाल काेराेना संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ । शनिबार एकैदिनमा तीनजना कोरोना संक्रमित भेटिए सँगै नेपाल काेराेनाकाे दास्राे चरणमा प्रवेश गरेकाे हाे । नेपालमा बाहिरबाट आएको संक्रमण संक्रमितसँग सम्पर्कमा आएको व्यक्तिमा देखिएको छ । नेपाल शुक्रबारसम्म मात्र कोरोना संक्रमणको पहिलो चरणमा थियो अर्थात कोरोना संक्रमण फैलिएको देशबाट नेपाल मानिसहरुको संक्रमणहरु उनीहरुमै सिमित थियो । स्वास्थ्य मन्त्रालयको अनुसार शुक्रबारसम्म १३ सय ५६ जनामा कोरोना परीक्षण भएको छ जसमा आजको सहित गरेर ९ जनाको नमुना परिक्षण पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नेपाल संक्रमणको पहिलो चरणमा बताउँदै आएको थियो जुन आजबाट दोस्रो चरणमा प्रवेश गरेको छ । यो एउटा खतराको संकेोत हाे । चैत १४ गते कोरोना पोजेटिभ देखिएको व्यक्तिको आफन्तमा ८ दिनपछी कोरोना संक्रमण देखिएको हो । व्यक्तिको राम्रोसँग क्नट्याक ट्रेसिङ नहुनु, क्वारेन्टाईनमा कडाई नगरेकाे याे घटनाबाट प्रष्ट हुन्छ । कोरोना भाईरस फैलिने चार चरण हुन्छ १.पहिलाे चरणः पहिलो चरणमा त्यस्ता व्यक्ति संक्रमित हुन्छन् जो कोरोना संक्रमण भएको देशबाट यात्र गरेर फर्किएका हुन्छन् । २.दोस्रो चरण संक्रमणको दोस्रो चरणमा भाईरस स्थानिय तहमा फैलिन्छ र संक्रमित व्यक्तिहरु ति हुन् कुनै न कुनै तरिकाबाट संक्रमण फैलिएको देशबाट आएका संक्रमित व्यक्तिहरुसँग संक्रमणमा आएका हुन्छन् । ३. तेस्रो चरण वा क्मयुनिटी ट्रान्सिमिसन यो संक्रमणको निकै नै खतरनाक चरण हो । यो चरणमा कुनै पनि व्यक्ति संक्रमण भएको कुनै पनि देशमा यात्रा नगरी वा भाईरसबाट संक्रमित व्यक्तिको संक्रमणमा नआई आफै संक्रमित हुन्छ । ४.चौथो चरण यो चरणमा भाईसले महामारीको रुप लिईसकेको हुन्छ र यसबाट हजारौं मानिसहरु संक्रमित भई ज्यान गुमाउन पुग्छन्