कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्यांक

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख १० हजार २ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७५ हजार ९ सय ३६ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ७८ हजार जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७८ हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख २१ हजार ३ सय ७४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ भने अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ सय २ जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार :  वल्डोमिटर)

कोरोना बिरामीमुक्त बन्यो सुदूरपश्चिम

काठमाडौं । आजदेखि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त बनेको छ । ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेकी महिला आज डिस्चार्ज भएपछि उनी सुदूरपश्चिम कोरोना बिरामी मुक्त भएको हो । सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले अब सुदूरपश्चिममा कोरोनाका बिरामी नरहेको बताए । ‘आज देखि सुदूरपश्चिममा कोरोना संक्रिमतको संख्या शुन्य पुगेको छ, आइसोलेसनमा पनि कोही छैन, तर अझै पनि कोरोनाको जोखिममा भने रहेको छ,’ उनले भने । हालसम्म सुदूरपश्चिममा ५ जना कोरोनाका बिरामी देखिएका छन् । ती सबै निको भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज भएकी महिलामा लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन् । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

कोरोनालाई जितेर ३५ दिनपछि घर फर्किइन् धनगढीकी संक्रमित महिला

काठमाडाै‌ ।  धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जानकारी दिएकाे छ । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।