आउने दुई हप्ता हाम्रा लागि थप चुनौतीपूर्ण छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउने दुई हप्ता नेपालका लागि धेरै जोखिमपूर्ण रहेको बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै आउने दुई हप्ता नेपालका लागि थप जोखिमपूर्ण रहेका बताएका हुुन् । उनले यो अवधिमा सबैलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरेका हुन् । उनले सरकार सधैं जनताहरुसँगै रहेकोले यो महामारी विरुद्धको लडाइँमा लाग्न अनुरोध गराए । अबको जित जनाताको आँट र हौसललाले हुने बताए । सरकारले सुरक्षाकर्मी र औषधिजन्य सामानहरुको बन्धवस्त मिलाइसकेकोले सबैले ढुक्क हुन आग्रह गरेका हुन् । विश्वलाई नै धेरै जटिल बनिरहेकाे याे अवस्थामा नेपालका लागि झन चुनाैतिपूर्ण भएकाे उनले बताए । प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् । नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए ।

काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’मा सारियाे

काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे छ ।

कोरोनाका बिरामीलाई आईसीयूमा राख्नुको मतलव के हो ?

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के हो ? आईसीयू त्यस्तो विशेष वार्ड हो जहाँ गम्भीर रुपका विरामीहरुको इलाज गर्न र उनीहरुलाई बढि ध्यान दिन सकियोस् भन्ने हेतुले बनाइएको हुन्छ । आईसीयूमा बिरामीहरुको संख्या कम हुन्छ र मेडिकल स्टाफहरुको संख्या ज्यादा हुन्छ ताकि आवश्यकता पर्नासाथ विरामीलाई पर्याप्त रुपमा ध्यान दिन सकियोस् । आईसीयूमा विरामीको गहन निगरानीका लागि उपकरण लगाइएको हुन्छ । कस्ता विरामीलाई आईसीयूको जरुरत पर्छ ? कुनैपनि विरामीलाई आईसीयूमा किन भर्ना गरिन्छ ? यसका अलग अलग कारण हुन सक्दछन् । कसैलाई गम्भीर सर्जरीपछि उसको हेरविचारका लागि आईसीयूमा राख्ने गरिन्छ भने कसैलाई चाहिँ गम्भीर दुर्घटनामा परि घाइते भएको अवस्थामा । प्रधानमन्त्री बोरिस जोनसोनलाई चाहिँ यसकारण आईसीयूमा राखिएको हो कि उनको स्वास्थ्यमा कोरोना संक्रमणको लक्षणमा कुनैपनि सुधार आएको थिएन । यसैकारण डक्टरहरुले उनलाई आईसीयूमा भर्ना गर्ने सल्लाह दिए ताकि स्वास्थ्य स्थिती विग्रियो भने समय रहँदै आवश्यक उपचार गर्न सकियोस् । गत आइतवार उनलाई सेंट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको कारण फोक्सोलाई नोक्सान पुग्न सक्छ र प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि श्वास लिन केहि अप्ठ्यारो महसुस भइरहेको थियो । त्यहीपनि अहिलेसम्म उनलाई भेन्टिलेटरमा राख्न आवश्यक परेको चाहिँ छैन । के हुन्छ आईसीयूमा ? आईसीयूमा भर्ना भएका जोसुकै विरामीलाई पनि भेन्टिलेटरमा राख्न जरुरी हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण गरिन्छ ताकी विरामीको श्वास चलिरहोस् । कोहि विरामीलाई श्वास लिनमा मद्दत पुगोस् भनेर सीपीएपी नामको मेशिन पनि लगाइने गरिन्छ । यसमा एउटा मास्कको सहायताले अक्सिजन हल्का दवावको साथ दिइने गरिन्छ । आईसीयूमा भर्ना भएको विरामी विभिन्न किसिमका मेशिन, ट्यूब, वायर र केवलहरुसँग जोडिएका हुन सक्छन् जसको माध्यमबाट उसको शरीरका अंगहरुको हलचललाई नाप्ने गरिन्छ । बिरामीलाई नशाबाट इन्जेक्शन बाहेक पोषक तत्व पनि दिन सकिन्छ । सेंट थोमस अस्पतालको आईसीयूमा यस अघि पनि कोरोना भाइरसका विरामीको उपचार भइसकेको छ । निक्कै गम्भीर मामलामा लाइफ सपोर्ट सिस्टम जसलाई ईसीएमओ भनिन्छ, को पनि प्रयोग गर्न सकिन्छ । यसले मुटु र फोक्सोका लागि काम गर्दछ । आईसीयूबाट ठिक हुँदा आईसीयूमा जसै विरामीको स्वास्थ्य स्थिती राम्रो हुन्छ तव उसलाई अस्पतालकै अरु कुनै वार्डमा सिफ्ट गर्ने गरिन्छ । यसो गर्नाले अन्य विरामीका लागि आईसीयू उपलब्ध हुन पाउँछ । कोहि बिरामीले आईसीयूबाट दुईचार दिनमै विदा पाउँछन् भने कसैले चाहिँ एक देखि दुई हप्ता वा महिना दिन सम्म पनि आईसीयूमै गुजार्नुपर्ने हुन्छ । (बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)