बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ जनाको काेराेना परीक्षण
काठमाडौं । बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ को काेराेना परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म २३ सय ६६ जनाको कोरोना परीक्षण भएको बताएका हुन् । बुधबार साँझसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जनाको कुल १८ सय ६५ र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए । यसरी हेर्दा मंगलबारदेखि बुधबारसम्म २ सय ४४ जनाको परीक्षण भएको देखिएको छ । केही समय अगाडीसम्म दैनिक १ सय स्वाब पनि परिक्षण नभएको अवस्थामा सातै प्रदेशमा ल्याब संचालनमा आएसी परिक्षण संख्या केही बढेको छ । यद्यपी यो संख्य अझै बढाउनु पर्न देखिन्छ । बुधबार अछामबाट ८ सय २ स्वाब, कैलाली र कन्चनपुरबाट १ सय ९८ स्वाब संकलन गरिसकेको देवकोटाले जानकारी दिए । हाल देशभर १ सय ३४ जना आईसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा रहेका छन् । बुधबार कुनै नयाँ संक्रमित थपिएका छैनन् ।
कोरोनाको महामारीमा अस्पताल नआउने पाँच जना डाक्टर बर्खास्त
काठमाडौं । बिना जानकारी अस्पताल नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालले पाँच जना डाक्टरलाई बर्खास्त गरेको छ । कारोना महामारीको समयमा केही कारण ५ डाक्टरलाई बर्खास्त गरेको हो । करारमा नियुक्त वि डाक्टरहरु करिब ८÷१० दिन देखि बिना जानकारी अस्पताल नआएको काराण उनीहरुलाई बर्खास्त गरेको अस्पताल श्रोतले जनाएको छ । महामारीको बेलामा उपचारमा नखटिने चिकित्सकलाई कारबाही गर्न प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन दाहालले निर्देशन दिएको अस्पताल श्रोतले बताए ।
इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे
काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’ उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् । इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् । इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)