कोरोनाबाट मृत्यु भएकी महिला उपचारका लागि भौतारिएकी थिइन, कुन-कुन अस्पताल गइन् ?

काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ । नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे । उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् । पहिले उनमा काेराेना छ संक्रमण भएकाे भन्ने थाहा थिएन । तरपनि उनी उपचारका लागि विभिन्न ठाउँ गएकाे बुझिएकाे छ । उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर २४ गते डेलिभरी भएकी उनी २५ गते डिस्चार्ज भएकी थिइन् । डिस्चार्जपछि सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् । पुनः समस्या देखिउपछि स्थानीय मेडिकल तथा स्वास्थ्यकर्मीलाई देखाइएकाे बताइएकाे छ । स्वास्थ्य अवस्था झन झन् जटिल बन्दै गएपछि उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो । यस सम्बन्धमा थप विस्तृत विवरण लिईएको र उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

थप दुई जनामा देखियो कोरोना

काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोरोना कारण एक जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालको कर्मचारीलाई कोरोना नभई पुष्टि

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कर्मचारीलाई कोरोना नभएको पुष्टि भएको छ । उक्त अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको हो । कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर, नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्दै गलत प्रचार भएकोमा अस्पतालले आपत्ति जनाउँदै अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । हाल ४६ वर्षिय तुलसीपुरका ति व्यक्तिलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।