काेराेना संक्रमण भएका रावलका सुरक्षाकर्मी एक महिनादेखि घरमै, कसरी लाग्याे काेराेना ?
काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो समयदेखि घरमा श्रीमती बिरामी भएको कारणले घर बिदामा बसको उनकाे निजी सचिवालयले जानकारी दिएकाे छ । उनी करिब एक महिनादेखि श्रीमतीको उपचारमा रहेको बताइएको छ । उनी हाल रावलको सुरक्षामा नरहेको पनि स्पष्ट पारिएकाे छ । उनी घरमै हुँदाखेरि नै संक्रमण भएकाे बुझिएकाे छ। उनी घरमै बसेर कहाँ गएका थिए त्याे भने खुलाइएकाे छैन । संघीय संसदले कोरोना परिक्षण गर्दा सम्पूर्ण सांसदहरूमा कोरोना नरहेको रिपोर्ट दिएको छ । डा. रावल र हाल उनको सुरक्षामा रहेका कसैलाई पनि कोरोना नरहेको स्पष्ट पारिएको छ ।
भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान पनि कोरोना संक्रमित
काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । भक्तपुरमा कोरोना संक्रमण देखिएका अर्की २५ वर्षीया महिला भक्तपुर सल्लाघारी बस्ने गरेकोमा पछिल्लो पटक नयाँ थिमीस्थित प्रजिना रेग्मीको घरमा बस्दै आएको खुलेकाे छ । ती महिलाको घर सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का भएको बताइएको छ । हाल तीनै जना टेकु अस्पतालमा भर्ना भएका छन् ।
भारतको महाराष्ट्रमा १ हजार भन्दाबढी प्रहरी कोरोना संक्रमित
दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार ७ पुगेको महाराष्ट्र प्रहरीले जनाएको छ । त्यस्तै ७ जना प्रहरीको कोरोनाबाट मृत्यु भएको छ । भने १ सय १३ जना उपचारपछि निको भइ घर फर्किएका छन् । चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८ सय ८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७ सय ९६ जना प्रहरी जवान रहेका छन् । मङ्गलबारसम्ममा भारत भर ७१ हजार ४ सय ४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४ सय १ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये २ हजार ३ सय १० व्यक्तिको मृत्यु भईसकेको छ । भारतमा कोरोना भाइरसको उपचार पछि मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।