पछिल्लो २४ घण्टामा करिब २ लाख कोरोना संक्रमित थपिए
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टा यता कोरोना थप १ लाख ९६ हजार जनामा कोरोना मसंक्रमण पुष्टि भएको छ । योसँगै संसारभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९३ हजार ३३ सय १० पुगेको छ । त्यस्तै थप ४ हजार ८ सय ३५ जनाको पछिल्लो २४ घण्टा यता मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको कारणले हाल विश्वमा ५ लाख १८ हजार ४६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कोरोना रोगको उपचार पछि ५९ लाख ३० हजार मानिस घर फर्किएका छन् । विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हाल २७ लाख ७८ हजार ४ सयभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १ लाख ३० हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ । छिमेकी राष्ट्र भारतमा पनि संक्रमणले भयाहक स्थिति पैँदा गरेको छ । १७ हजार ८ सय ४८ जना कोरोनाबाट मृत्यु भएको भारतमा संक्रमितको संख्या ६ लाख ५ हजार २ सय २० रहेको छ । हालसम्म कोरोनाको कारण ३० जनाको मृत्यु भएको छ भने १४ हजार ४६ जना कोरोना संक्रमित छन् । त्यस्तै ४ हजार ६ सय ५६ जना उपचार पछि निकाे भएका छन् । (स्राेत: वल्डाेमिटर)
अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन
काठमाडौं । अछाममा ४५ वर्षिय पुरुषकाे काेराेनाकाे कारण निधन भएकाे छ । रामराेशन गाउँपालिका वडा नं ५ का पुरुषकाे असार १४ गते बयालपाटा अस्पतालमा निधन भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका हुन्। असार १३ गते उनलाई अचानक श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएकाे उनले बताए । उनी मधुमेहकाे बिरामी रहेका थिए । निधन भएकाे भाेलिपल्ट उनकाे स्वाब संकलन गरेर परीक्षणकाे लागि पठाईएकाे र नतिजा पाेजेटिभ अाएकाे उनले बताए ।
उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित
काठमाडाैं । बुधबार काठमाडौं उपत्यकामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताए ।