नेपालमा थप ७ सय ४० जनामा कोरोना पुष्टि, अहिलेसम्मकै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ४० जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १५ हजार २ सय ५९ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ६१ सय ४३ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ४२ हजार २ सय ४७ काे पिसिआर विधि र ३ लाख ६ सय २९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ८४ जना आईसाेलेसनमा रहेका छन् ।

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

धनगढी । बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४ पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ । कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना सङ्क्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । हालसम्म पिसिआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ । सङ्क्रमित देश भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थी भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताए । धनगढी उपमहानगरपालिकाले पिसिआर पद्धतिबाट नमूना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन शुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टिनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । रासस

एकै दिनमा २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर एकदिनमै थप २ लाख ८ हजार ३ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली समय अनुसार शुक्रबार विहानसम्म १ करोड ९ लाख ७३ हजार ८ सय ६४ जना कोरोना संक्रमित पुगेका छन् ।  संसारभरी उपचार पछि निको हुनेको संख्या ११ लाख ९१ हजार नाघेको छ । संसारभर कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ५ लाख २३ हजार २ सय ३४ पुगेको छ । सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या २८ लाख ३६ हजार ८ सय ४३ पुगेको छ । कोरोनाबाट १ लाख ३१ हजार ४ सय ८० जनाको मृत्यु भएको छ । ११ लाख ९१ हजारबढी उपचार पछि घर फर्किएका छन् । भारतमा पछिल्लो २४ घण्टा यता थप २१ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म १८ हजार २ सयभन्दा बढी मानिसको कोरोना संक्रमण कै कारणबाट मृत्यु भएको छ भने ६ लाख २७ हजार १ सय ६८ जना संक्रमित पुगेका छन् । नेपालमा हालसम्म १४ हजार ५ सय १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट ३१ जनाका्े ज्यान गरेको छ भने ५ हजार ३ सय २० जना उपचार पछि निको भइ घर फर्किएका छन् ।    (वल्डोमिटर)