पछिल्लो २४ घण्टा यता २ लाख बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ करोड १९ नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १९ लाख ४१ हजार ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४५ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६८ लाख ४४ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख ७ हजार ५ सयभन्दा बढी कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३० लाख ९६ हजार २ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ५४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ हजार ८ सयभन्दा बढी रहेका छन् । ब्राजिलमा १६ लाख ७४ हजार ६ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ४३ हजार ४ सय ८१ जना संक्रमित पुगेका छन् । २० हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ५७ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ४ सय ९९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

नेपालका यी चार जिल्ला बने कोरोनामुक्त

काठमाडौं । नेपालका चार जिल्ला कारोनामुक्त भएका छन् । कोरोनामुक्त हुने जिल्लाहरुमा प्रदेश १ काे तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोनामुक्त भएकाे स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले बताए । यसभन्दा अगाडि ती जिल्लामा कोरोनाका बिरामी भेटिएपनि अहिले बिरामीहरु निको भएर घर फर्किसकेपछि ती जिल्लाहरु कोरोनामुक्त भएका हुन् ।

काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना देखियाे

काठमाडौं । काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।