मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त
काठमाडाैं । मनाङ जिल्ला पनि कोराेना संक्रमित मुक्त बनेकाे छ । शुक्रबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मनाङ जिल्ला पनि काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । याेसँगै नेपालमा काेराेना मुक्त हुने जिल्लाकाे संख्या छ पुगेकाे छ । यसअघि धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएकाे गाैतमले जानकारी दिएका थिए। शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
काठमाडाैं उपत्यकामा एकैदिन थपिए ४२ जना कोरोना संक्रमित
काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २८ जना, ललितपुरका १३ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । शुक्रबार नेपालमा १ सय १८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय २९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।
नेपालमा थप १ सय १८ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ६ सय ४१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार ११ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ७५ हजार ९ सय ५१ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २३ हजार ९ सय २० जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ३ जना आईसाेलेसनमा रहेका छन् ।