तपाईलाई काेराेना भएकाे शंका छ ? यी १४ अस्पतालमा गएर नि:शुल्क परीक्षण गराउनुस्

काठमाडाैं । सरकारले कोरोना प्रभावित जिल्लाबाट आएका व्यक्तिहरुको १४ अस्पतालमा निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पीसीआर परीक्षण गर्ने बताएकाे हाे । सूचनामा काेराेनाकाे शंका लागेकाहरुले नजिकैकाे स्वाव संकलन केन्द्रमा गएर पीसीआर परीक्षण गर्न अनुराेड्ढ गरेकाे हाे । काठमाडौं उपत्यकामा कोरोना संक्रमण जोखिम बढी रहेको हुँदा शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तीव्र बनाइएको सूचनामा उल्लेख छ । गाइडलाइनमा परेका व्यक्तिहरुले पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल गएर कोरोनाको पीसीआर परीक्षण निःशुल्क गरेर सहयोग गर्न अनुरोध गरिएकाे छ । यस्तै, मन्त्रालयले कोरोनाको शंकास्पद व्यक्तिको सम्पर्कमा आएका र कोरोना प्रभावित स्थानहरुबाट आएका व्यक्तिले नजिकैको हब, कोभिड क्लिनिक अस्पताल र कोभिड अस्पतालका लेभल १, २ र ३ अस्पतालमा गएर बिहान ९ बजेदेखि १ बजेसम्म गएर स्वाब संकलन गरिने बताएकाे छ ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त

काठमाडौ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्र राज उप्रेती नियुक्त भएका छन् । उनलाई साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव समेत हुन् । उनकाे कार्यकाल ४ वर्षकाे हुन्छ ।

काठमाडाैं उपत्यकामा एकैदिन ५१ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५१ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४३, ललितपुरकाे ३ र भक्तपुरकाे ५ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ। साेमबार देशभर ४१८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २० हजार ७ सय ५० पुगेको छ।