काठमाडाैं उपत्यकामा एकैदिन ६२ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ५७ र ललितपुरकाे ५ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५९८ ललितपुरमा ११४ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७९१ पुगेको छ। बुधबार देशभर ३८१ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ३ सय ९ पुगेको छ।

नेपालमा थप ३ सय ८१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन् भने आजसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । बुधबार १ जनाकाे  मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

सर्लाहीका नेकपा अध्यक्ष पन्तलाई कोरोना संक्रमण

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘३/४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो, शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोभिड पोजेटिभ देखियो ।’ हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।