दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना पुष्टि
दैलेख । आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो । क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो । त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित, एककाे मृत्यु
काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ कोरोना संक्रमित थपिएकाे बताए । जसमध्ये काठमाडौंमा २ पुरूष र २ महिला, भक्तपुरमा ३ पुरुष र १ महिला तथा ललितपुरकाे एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए । पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु
नेपालमा थप ४ सय ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्याे
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ५० रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २५ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९९ हजार ७ सय ३७ काे पिसिआर विधि र २ लाख ८७ हजारकाे ८ सय ६३ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७४ हजार २२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ४ सय ८६ जना आईसाेलेसनमा रहेका छन् ।