उपत्यकामा २ कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ कोरोना संक्रमित थपिएकाे बताए । काठमाडौंमा १ जना पुरूष र भक्तपुरमा १ जना महिलामा संक्रमण देखिएको उनले बताए।
नेपालमा थप ६ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय २९ जनामा कोराेना भाइरस देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १० हजार ७ सय २८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २३ सय ३८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २४ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ९३ हजार १ सय ९४ काे पिसिआर विधि र २ लाख ८३ हजारकाे ६ सय ९६ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ८७ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ३ सय ६६ जना आईसाेलेसनमा रहेका छन् ।
गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना, संक्रमितकाे संख्या ७ सय २९
काठमाडाैं । गण्डकी प्रदेशकाे ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । बुधबार बिहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकोको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका निर्देशक डा.विनाेद बिन्दु शर्माले जानकारी दिए । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।