घरमा गएर स्वाब संकलन गर्नेले ५ सयसम्म सेवा शुल्क लिन पाउने

काठमाडाैं । पिसिआर परीक्षणकाे लागि घरमै गएर स्वाब संकलन गर्ने व्यक्तिले सेवा शुल्क स्वरुप अधिकतम ५०० रुपैयाँ मात्र लिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इन्सिडेन्ट कमाण्ड सिस्टमले घरमै गएर स्वाब परीक्षण गर्ने व्यक्तिकाे हकमा यस्ताे निर्णय गरिएकाे मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गाैतमले जानकारी दिए । यस्तै यसकाे लागि आवश्यक मापदण्डकाे व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य कार्यलयले बनाउने गाैतमले बताए ।  

बुधबार ८ हजार ६५९ मा काेराेना संक्रमण पुष्टि, ५८ जनाकाे मृत्यु

काठमाडाैं । बुधबार नेपालभर ८ हजार ६५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ८ हजार ६५९ जनामा पिसिआर र ५४ जनामा एन्टिजेन्ट विधि मार्फत काेराेना संक्रमण पुष्टि भएकाे हाे । काठमाडौं उपत्यकामा मात्रै आज ३ हजार ८३५ जनामा कोरोना देखिएके छ । यस्तै आज १ हजार ९९३ संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा संक्रमण निकाे हुनेकाे दर ८०.६ प्रतिशत रहेकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण ५८ जनाको मृत्यु भएको छ ।  

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण, सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट पनि अस्वस्थ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण देखिएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमणको आशंकामा परीक्षण गर्न मंगलबार उनले स्वाब दिएका थिए । यसअघि उनको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री पनि त्रिलोचन भट्ट पनि अस्वस्थ भएका छन् । बिगत ४ दिन देखी मुख्यमन्त्री भट्ट अस्वस्थ भएर निवासमै आराम गरिरेहका छन् । मुख्यमन्त्री सचिवालयका अनुसार भट्टलाई मौसमी भाइरल ज्वरोबाट प्रभावित भएको बताइएको छ ।