काठमाडाैं । पिसिआर परीक्षणकाे लागि घरमै गएर स्वाब संकलन गर्ने व्यक्तिले सेवा शुल्क स्वरुप अधिकतम ५०० रुपैयाँ मात्र लिन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे इन्सिडेन्ट कमाण्ड सिस्टमले घरमै गएर स्वाब परीक्षण गर्ने व्यक्तिकाे हकमा यस्ताे निर्णय गरिएकाे मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गाैतमले जानकारी दिए ।
यस्तै यसकाे लागि आवश्यक मापदण्डकाे व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य कार्यलयले बनाउने गाैतमले बताए ।