काठमाडौं । नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पतालाई कारवाही गर्ने भएको छ । कोभिड १९ को संक्रमणको महामारीको समयमा केही निजी अस्पतालले सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको भन्दै आएको गुनासोमा ध्यानाकर्षण गर्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयले सो बताएको हो ।
साथै, अनावश्यक शुल्क लिने लगायतका गैह्र कानुनी गतिविधि नर्गन मन्त्रालयले व्यक्ति तथा संस्था जो कोहिलाई आग्रह गरेको छ । यदि त्यस्ता गतिविधि पाईएमा स्वास्थ्य मन्त्रालय र स्थानिय प्रशासनहरुमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै, उक्त किसिमका गैह्रकानुनी गतिविधिमा मन्त्रालयको नियमित अनुगमन भइरहेको र त्यस्तो पाइएमा नियमानुसार कडाभन्दा कडा कारवाही गरिने मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराएका छन् ।