मांसाहारी बिना पनि पूरा हुन्छ आइरन, आइरनले भरिपूर्ण यी शाकाहारी खानेकुरा खानुहोस्
काठमाडौं । के राति गहिरो निद्रा लागे पनि सधैं अल्छी वा थकित अनुभव भइरहन्छ ? थोरै काम गर्दा चक्कर लाग्ने, सास फेर्न गाह्रो हुन थाल्ने हुन्छ ? अझ कहिलेकाँही त बिना कारण शरीर दुख्न थाल्छ.। बिना कुनै कारण तपाईंलाई सास फेर्न गाह्रो वा कमजोरी महसुस हुन सक्छ । यदि तपाईंलाई यस्तै समस्या छ भने बेवास्ता गर्न हुँदैन । यी संकेतहरूले प्रायः शरीरमा फलामको कमीलाई संकेत गर्छन् । फलाम एक खनिज हो जसले हाम्रो शरीरलाई रगत बनाउन मद्दत गर्छ । यसका साथै यसले हाम्रो मष्तिष्कलाई सक्रिय राख्न, हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन र दिनभरि ऊर्जा कायम राख्न मद्दत गर्छ । प्रायः मानिसहरू सोच्छन् कि मांसाहारी खाना खाएर मात्र आइरनको आवश्यकता पूरा हुन्छ, तर यो सत्य होइन । शाकाहारीहरूका लागि पनि फलामका धेरै उत्कृष्ट र प्राकृतिक स्रोतहरू उपलब्ध छन्, जुन घरमा सजिलै उपलब्ध हुन्छन् र दैनिक आहारमा समावेश गर्न सकिन्छ । कालो तील कालो तील सानो हुन सक्छ, तर यसलाई फलामको खजाना मानिन्छ । एक चम्चा कालो तीलमा ४–६ मिलिग्राम फलाम हुन्छ । यस्तो समस्या देखिँदा कालो तीलको प्रयोग गर्नु राम्रो मानिन्छ । लुडे लुडेको साग मात्र नभइ दाना समेत शरीरका लागि फाइदाजनक हुन्छ । यसको पातमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । एक कचौरा पकाएको लट्टे सागमा २ दशमलव ३–५ मिलिग्राम फलाम हुन्छ । सोयाबिन सोयाबिन प्रोटिन र आइरन दुवैको राम्रो स्रोत हो । आधा कचौरा पकाएको भटमासले ४–५ मिलिग्राम आइरन प्रदान गर्न सक्छ । कोदो जाडोमा धेरै फाइदाजनक मानिने कोदो पनि यस सूचीमा समावेश छ । एक कचौरा पाकेको कोदोमा लगभग ६ मिलिग्राम फलाम पाइन्छ । पीठोलाई रातभर भिजाएर रोटी बनाउँदा अझ राम्रो पोषक तत्व प्राप्त हुन्छ । गुड गुड गुलियो मात्र होइन, खनिज पदार्थले पनि भरिपूर्ण हुन्छ । २० ग्राम गुडले १–२ मिलिग्राम फलाम प्रदान गर्न सक्छ । यदि गुड परम्परागत तरिकाले बनाइएको छ भने शरीरका लागि निकै फाइदाजनक हुन्छ । मखाना मखाना टाढाबाट हेर्दा फूल उठेको मकै जस्तो देखिन्छ । यो नियमित खाँदा मुटु र मिर्गौला स्वस्थ हुन्छ । भुटेको मखाना हल्का र स्वस्थकर खाजा हो । एक कचौरा मखानामा लगभग १ मिलिग्राम आइरन र राम्रो मात्रामा म्याग्नेसियम हुन्छ । गहत गहतमा अन्य सामान्य दालहरू भन्दा फलामको मात्रामा बढी शक्तिशाली हुन्छ । आधा कचौरा पकाएको गहतको दालले ५–६ मिलिग्राम फलाम प्रदान गर्दछ ।
डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित
काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ । बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ। ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ । कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् । ‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ । कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् । घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन्
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । उपकुलपति नियुक्तिका लागि मापदण्ड कडा भएकाले उम्मेदवारी नपरेको भन्दै पहिलो पटक सूचना जारी गर्दा आवेदन नपरेपछि पुनः दरखास्त आह्वान गरिएको थियो । दोस्रो पटक सूचना जारी गर्दा पनि उम्मेदवारी नपरेपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको थियो । तेस्रो पटकको सूचनामा दुई जनाको मात्र नामावली दर्ता भएको थियो । तीमध्ये एक जनाको योग्यता मापदण्डअनुसार नपुगेकाले उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका हुन् । यस्तै, सोही विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिन विषयका प्राध्यापक हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ असार ४ गते प्रमाणीकरण गरेसँगै उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।