एभरेष्ट अस्पतालको नयाँ वर्ष अफर: होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाईने
काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो । एभरेष्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए । बरालले भने, ‘एभरेष्ट अस्पतालले प्रत्येक बर्ष केही न केही नयाँ अफरहरु दिदै आएको छ । यस बर्षका लागि पनि अस्पतालले नयाँ ५ प्याकेजहरु लिएर आएको छ ।’ उनको अनुसार पाँच प्याकेजहरु पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् । पुस १६ गतेबाट पुस २५ गतेसम्ममा होलबडि चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै बिहानको ६.३० बजे भन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।
कानून नबन्दा कैलालीकाे गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ, अझै २ वर्ष लाग्ने
फाइल फाेटाे सुदूरपश्चिम । ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुङ्गो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन’, उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन ।’ गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभाले हाल पनि निर्वाधरुपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जनाइएको छ । उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको बताउँछन् । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्न सकिने बताइएको छ । ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ । सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ वटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरुलाई अन्यत्र पुनःस्थापना गराउनसमेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ । कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयवासीमा जागेको छ । स्थानीय तीर्थराज ओझा कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताउँछन् । ‘यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पु¥याउने आशा छ’, ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ ।’ नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण सुरु गरिँदा आठ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो । यो आयोजनाको गुरुयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा चार अर्ब ५० करोड खर्च भइसकेको छ । सुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र सुरु भएको थियो । यो कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्राली संलग्न छन् । रासस
चिसाेमा बाथ राेगका बिरामीले के कुरामा ध्यान दिने ?
काठमाडाैं । अहिले देशैभरी चिसो बढिरहेको छ । बढ्दो चीसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चीसोबाट हुने पखालादेखी रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको लक्षण कसरि छुट्याउने भन्ने बारे चिकित्सक डा. अभिलाषा शाहसँग हामीले संवाद गरेका छौँ । संवादको क्रममा डा. शाहले मानिसहरुमा देखिएका अन्य रोगहरुको र बाथ रोगको लक्षण उस्तै लाग्ने भएकोले बाथ रोगको लक्षणमा पनि मानिसहरु गलत धारणा र अनुमानले उपचार गरिरहेको बताएकी छिन् । डा. शाहले बाथ रोग सम्बन्धि समाजमा केहि गलत धारणा रहेको बताइन् । यस्तो अवस्थामा बाथ रोगको उपचार गर्नु पर्नेमा अन्य रोगको उपचार गर्न खोज्ने अन्य रोगको उपचार गर्नुपर्नेमा बाथ रोगको उपचार धेरै हुने पाइएको छ । डा. शाहले बाथ रोगको पहिचान परिक्षण गरेरमात्र स्पष्ट हुने बताइन् । प्रस्तुत छ डा. अभिलाषा शाहसँग बाथ रोग सम्बन्धि गरिएको कुराकानी – डा.अभिलाषा तपाईले दिनहुँ बाथरोगका बिरामी चेकजाँच गर्नुहुन्छ, हामो समाजमा कस्तो रुपमा पाउनुहुन्छ, बाथरोगको अवस्था ? बाथरोग भन्ने हो भने नेपालमा खास बाथरोग धेरै नै देखिएको छ । धेरै मात्रामा छ तर त्यसको डाइगोनोसिस मात्रै नभएको हो । पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेको छैन । सचेतना जानकारी नभएर पनि होला । बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा नगइकन यो डाइगोनोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खालि बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ धारणा छ । बाथरोग भनेको दिनदिनै डब्ल्यूएचओको तथ्यांकअनुसार भनिन्छ कि विश्वमा मोर देन १० प्रतिशतलाई बाथरोग छ । नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन । कति जनालाई बाथ छ, के छ ? तर अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइनोसिस हुन थाल्यो । त्यसपछि बाथको बिरामीहरु दिनदिनै बढेको देखिन्छ । बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखा पर्दछ ? बाथरोग एकप्रकारको अटो इम्युनडिजिज पनि हो । अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ । बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली काम काम गर्ने हुन्छ । अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पु¥याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । कुनै बाथरोग वंशानुगत पनि आएको देखिन्छ । स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो । कुनै बाथ जसले मांशापेशीलाई मात्र असर गर्दछ । कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने, प्रारम्भिक रुपमा कसरी अनुमान गर्न सकिन्छ ? बाथरोग भनेपछि धेरैजसो, सामान्यतया देखिने लक्षण्हरु बाथको, जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोनीहरु दुख्ने, जोर्नीहरु सुन्निने, जोर्नीहरु कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको शुरुवाती लक्षण हो । बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ । जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ भने, बाथ सयौँ प्रकारको हुन्छ, जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ । सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो । कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई ¥यास भनिन्छ । गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन् । अहिले चिसो दिनदिनै बढीरहेको छ, चिसोमा बाथरोगका बिरामीहरुलाई बढी समस्या हुन्छ गाह्रो पर्छ भनिन्छ, किन होला ? अब त्यो कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुख दिने हुन्छ । त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो । यस्तो बेला कसरी हेरचाह गर्ने, कस्तो खानपिन गर्ने, कस्तो औषधि लिने ? बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ । कस्तो अवस्थामा अस्पताल जाने, हामी कहाँ कस्तो बाथरोगको लागि कस्तो उपचार व्यवस्था छ ? लक्षणहरु कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरु त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने, समयमै राइट डाइनोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ । बाथ यतिसम्म खतरनाक हुन्छ कि, त्यसले ज्यान जानसक्ने पनि हुनसक्छ । त्यसैले समयमै त्यसको डाइनोसिस गर्दा राम्रो हुन्छ । त्यसको लागि हामीले अल्का अस्तालमा बारम्बार अवेरनेश कार्यक्रमहरु गरिरहेका हुन्छौँ । त्यसमा मेडिकल क्याम्प, फ्रि क्याम्प, गरिरहेका हुन्छौँ र अहिले पनि अल्का अस्पतालमा नै नौ दिनको ठूलो क्याम्प गरिहेका छौँ । त्यसमा बाथमा विभिन्न परीक्षणहरु निःशुल्क गरिरहेका छौँ । साथै औषधि पनि । अहिले दोस्रो चरणको शिविर चलिरहेको छ । बाथरोगसम्बन्धी समस्या छन् भने परीक्षण गराउन आउनुहोला । बालबालिका र वृद्धवृद्धाहरुलाई कसरी हेरचाह गर्ने ? बाथ भनेको सानो बच्चादेखि बुढाबुढीसम्म जुनकुनै पनि एज ग्रुपमा लाग्न सक्छ । लक्षण देखियो भने समयमै जाने उपचार गर्ने । बच्नको लागि तातो, न्यानो गर्नुपर्छ । अर्को कुरा केही गरी कसैको तौल उमेरअनुसार भन्दा धेरै छ भने तौल ठीक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरु र डाइटहरुमा नियन्त्रण गर्ने । बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाई छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहअनुसार अघि बढ्नुपर्छ ।