नयाँ वर्षमा नर्भिककाे हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने

<p>काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएकाे छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साविकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो । यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य [&hellip;]</p>

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएकाे छ ।

अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साविकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।

यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्ने अस्पतालले जनाएकाे छ ।

यस्तै अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Share News