काठमाडौं । शुक्रबार कोराेनाभाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो ।
यस्तै आज २३५ जना नयाँ संक्रमित थपिएका छन् । कुल ९ हजार ८४ जनाको परीक्षण गर्दा २३५ जनामा संक्रमण देखिएको हो ।
नेपालमा हाल ४ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् ।