कपाललाई पोषण दिन कुन तेलको प्रयोग गरेर मसाज गर्न उत्तम हुन्छ ?
एजेन्सी । कपाललाई बाक्लो र चम्किलो बनाउन चाहनुहुन्छ भने नुहाउँदा स्याम्फुको प्रयोग निकै महत्वपूर्ण हुन्छ । टाउकोमा मालिस गर्दा रक्तसञ्चारमा सुधार हुन्छ । जसले कपाल बढाउन मद्दत गर्छ । अर्कोतर्फ टाउकोको मसाजका लागि विशेष प्रकारको तेल प्रयोग गर्दा त्यसको पोषक तत्व कपालमा राम्रोसँग पुग्छ। जसले गर्दा कपाललाई नयाँ जीवन र चमक प्राप्त हुन्छ । नुहाउन लाग्दा कपालमा स्याम्फु लगाउनु अगाडि यी तेलहरूले कपालको मसाज गर्न सकिन्छ। यसो गर्दा कपाल लामो र बाक्लो पनि बनाउँछ। यसका साथै कपालमा आद्रता पनि कायम रहन्छ। त्यसोभए जानौं कुन तेलले टाउकोको मसाज गर्दा राम्रो हुन्छ ? अँडिरको तेल नरिवलको तेल कपालको स्वास्थ्यको लागी धेरै राम्रो मानिन्छ । तर, तपाईं कपाललाई थप राम्रो बनाउन चाहनुहुन्छ भने नरिवलको तेलमा अँडिरको तेल मिसाएर कपालमा मालिस गर्नुहोस्। यसले कपाललाई बलियो बनाउँछ र बाक्लो हुन थाल्छ। अँडिरको तेलले टाउकोमा मसाज गर्दा यसले प्राकृतिक रूपमा कपाललाई कालो बनाउन मद्दत गर्छ। जसले गर्दा कपालको रंग पनि सुन्दर हुन्छ । प्याजको तेल आजकल तपाईले बजारमा धेरै ब्रान्डका कपालमा लगाउने प्याजको तेल पाउनुहुन्छ। तर, यदि तपाईंले चाहनुभयो भने घरमै पनि यसको उत्पादन गर्न सक्नुहुन्छ । वास्तवमा प्याजले कपालको जरालाई शक्ति दिन्छ । जसका कारण कपाल झर्न रोकिन्छ । प्याजको तेल बनाउन नरिवलको तेल वा तिलको तेलमा प्याजको पेस्ट मिसाएर पकाउनुहोस्। जब प्याजले तेल छोड्न थाल्छ ग्यास बन्द गर्नुहोस्। त्यसपछि यो तेललाई कपडाको सहायताले छान्नुहोस्। यो तेल लगभग पाँच देखि छ महिना सम्म प्रयोग गर्न सकिन्छ। कपालमा स्याम्पु लगाउनु अगाडि यो तेलले मालिस गर्नाले केही दिनमा नै तपाईंको कपालमा फरकपना देखिन्छ । नरिवलको तेल यदि तपाइँ दैनिक रुपमा कपाल चम्किरहेको देख्न चाहनुहुन्छ भने नरिवल तेलको प्रयोग यसको लागि उत्तम विकल्प हो। यसको प्रयोगले कपाल बलियो बनाउँछ। साथै कपाल कालो र बाक्लो हुन्छ। बदाम तेल बदामको तेलले कपाललाई पोषण दिन्छ। मनतातो बदामको तेल टाउकोमा लगाउनुहोस् र रातभर छोड्नुहोस्। भोलिपल्ट बिहान धेरै हल्का स्याम्फुले कपाल धुनुहोस्। यो तेल हप्तामा दुई देखि तीन पटक प्रयोग गर्दा तपाईंको कपालले नयाँ स्वस्थता प्राप्त गर्छ । यदि कपाल झर्नु कुनै रोगको कारणले होइन भने यी तेलको मद्दतले कपाललाई पक्कै बलियो र बाक्लो बनाउँछ। अमर उजालाबाट ।
गर्भावस्थामा आमाले गीत सुन्दा बच्चाको दिमाख तेजिलो हुने
एजेन्सी । गर्भावस्थामा गीत सुन्दा आमा र बच्चा दुवैलाई धेरै फाइदा हुन्छ । संगीत सुन्नु तपाईंको मूडलाई ठिक गर्न र तनाव कम गर्नको लागि उत्तम विकल्प हो। संगीतमा तनावलाई कम गर्ने शक्ति हुन्छ, त्यसैले संगीत थेरापी शारीरिक र मानसिक स्वास्थ्यको उपचार गर्न प्रयोग गरिन्छ। गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चालाई असर गर्ने मनोवैज्ञानिक योगिता कादियानले यहाँ बताएकी छन् । गर्भावस्थामा संगीत योगिता कादियान भन्छिन् कि गर्भावस्थामा गीत सुन्दा गर्भमा रहेको बच्चाको बौद्धिक, मानसिक, व्यवहार र भावनात्मक विकासमा मद्दत पुग्छ । गर्भावस्थाको दोस्रो त्रैमासिकमा बच्चाहरूले संगीत सुन्न सक्छन्। तर तिनीहरू गर्भावस्थाको तेस्रो त्रैमासिकमा मात्र आवाज र आवाजहरूमा प्रतिक्रिया जनाउन थाल्छन्। गर्भावस्थाको नवौं हप्तामा बच्चाको कान बन्न थाल्छ। १८ औं हप्तामा बच्चाले सुन्न थाल्छ र त्यसपछि उसको आवाजप्रतिको संवेदनशीलता दिनहुँ सुधार हुन थाल्छ। गर्भावस्थाको २५ देखि २६ हप्तामा बच्चाले बाहिरी आवाजहरूमा प्रतिक्रिया जनाउन शुरु गर्छ। तेस्रो त्रैमासिकमा बच्चाले आमाको आवाज सुनेर आमा र वरपरका मानिसहरूलाई चिन्न थाल्छ। बच्चाको चालमा सुधार गर्भमा रहेको बच्चाले पनि संगीत सुन्न सक्छ। जब बच्चाले कम्पनको महशुस गर्छ, त्यसलाई पनि संगीतसँग मिलाउने कोशिस गर्दछ। यसले बच्चाको प्रतिक्रियामा सुधार ल्याउन पनि सहयोग पुर्याउँछ । संगीतको लयबद्ध ध्वनि तरंगहरूको रूपमा बच्चामा पुगिरहेको हुन्छ । बच्चाले यसमा ध्यान केन्द्रित गर्छ जसको कारण उसको संज्ञानात्मक कौशल र श्रवण इन्द्रियहरू उत्साहित हुन्छन्। यो बच्चाको मानसिक विकासको लागि राम्रो मानिन्छ । तनावलाई घटाउँछ गर्भावस्थामा धेरै तनाव हुन्छ र सो समयमा धेरै महिलाहरूलाई एन्जाइटी समेत हुने गर्छ । शरीरमा हुने परिवर्तन र बच्चाको स्वास्थ्यको चिन्ताले पनि महिला तनावमा रहन्छन् । यस्तो अवस्थामा संगीतले तनाव कम गर्न मद्दत गर्छ। संगीतले बच्चालाई आनन्दित बनाउँछ । संगीत सुन्नु गर्भावस्थाको समयमा तनाव कम गर्नको लागी एक प्रभावकारी तरिका हो। बच्चाको व्यक्तित्व विकास गर्भवती आमाले सुन्ने संगीतले बच्चाको व्यक्तित्वमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिन्छ। उदाहरणका लागि हल्का संगीत सुन्दा बच्चालाई शान्त पार्न सक्छ। अर्कोतर्फ बच्चाहरू चर्को र कोलाहलपूर्ण सङ्गीत सुन्दा रिसाउने प्रकृतिका बन्न सक्छन् । यद्यपि यो प्रमाणित गर्न कुनै अनुसन्धान गरिएको छैन। गर्भावस्थामा कति समय सम्म संगीत सुन्ने ? कुनै पनि कुराको अधिक प्रयोगले फाइदाको सट्टा हानि गर्छ। गर्भावस्थामा एक घण्टा भन्दा बढी संगीत सुन्नु हुँदैन। यदि तपाइँ आफ्नो पेटमा हेडफोन राख्दै हुनुहुन्छ भने त्यसलाई एक पटकमा ५ देखि १० मिनेट भन्दा बढी नराख्नुहोस्। यदि गीत सामान्य भोल्युममा स्पिकरमा बजिरहेको छ भने तपाईं दिनभर गीतहरू सुन्न सक्नुहुन्छ। ध्यान राख्नुहोस् कि बच्चा धेरैजसो समय गर्भमा निदाउने गर्छ, त्यसैले संगीतले उसको निद्रामा बाधा पुर्याउनु हुँदैन। धेरै संगीत सुन्दा बच्चाको निद्रामा बाधा पुग्न सक्छ। गर्भावस्थामा यस्ता गीत सुन्नुहोस्, जसले आमा र बच्चा दुबैलाई लाभ गर्छ गर्भावस्थाको बच्चालाई दिनहुँ सुत्न र आराम गर्न आवश्यक हुन्छ, त्यसैले गर्भावस्थाको समयमा ठूलो आवाजमा गीत कहिल्यै नसुन्ने गर्नुहोस् । संगीत एक मूड बूस्टर पनि हो, यसको प्रयोगले तपाईंलाई तनाव कम गर्न सजिलो तरिका हुन सक्छ। शारिरीक र मानसिक रोगहरुको उपचारका लागि प्राचीन कालदेखि नै संगीत थेरापीको प्रयोग हुँदै आएको छ । केही शल्यचिकित्सकहरूले आफ्नो मनपर्ने संगीत बजाउँदा अपरेटिङ रूममा तनाव कम गर्न मद्दत गर्छ भनी पत्ता लगाएका छन् । गर्भावस्थामा संगीत सुन्दा आमा र गर्भमा रहेको बच्चा दुवैलाई धेरै फाइदा पुग्ने अध्ययनले देखाएको छ । गर्भावस्थाको समयमा गीत सुन्ने विषय गर्भमा हुँदा संगीत सुनेर जन्मिएको बच्चाको मानसिक, व्यावहारिक, भावनात्मक र मनोवैज्ञानिक विकास हुन्छ। भारतीय शास्त्रीय संगीत र हल्का संगीतले गर्भवती महिला र उनीहरूको गर्भमा रहेका बच्चाहरूमा राम्रो प्रभाव पार्ने अनुसन्धानले देखाएको छ। अध्ययनमा केही गर्भवती महिलाहरूको समूहलाई हरेक दिन कम्तिमा २० मिनेट हल्का गीतहरू सुन्न प्रोत्साहित गरिएको थियो। २० दिन पछि अन्वेषकहरूले गर्भमा रहेको बच्चाको सतर्क गतिविधि र मानसिक उत्तेजनामा सुधार भएको बताएका छन् । साथै यसले गर्भवती महिलामा शान्त र सकारात्मक प्रभाव पनि पारेको थियो । गर्भावस्थामा कति र कस्तो संगीत सुन्नुपर्छ ? मीठो सुमधुर गीतहरू सुन्नुहोस्। पप गीतहरू पनि सुन्नुहोस् तर भोल्युम कम बनाउनुहोस् । आफ्नो मनपर्ने संगीत सुन्न हेडफोन प्रयोग गर्नुहोस्। यदि तपाइँ पेटमा हेडफोन राख्न चाहनुहुन्छ भने त्यसलाई ५ देखि १० मिनेट मात्रै राख्नुहोस् । स्पिकरबाट गीत सुन्दा कम भोल्युममा सुन्नुहोस् । धेरै संगीत बजाउँदा बच्चाको निद्रालाई बाधा पुर्याउँछ । गर्भावस्थामा संगीत सुन्नुको फाइदा संगीतलाई बच्चाले कविताको लयको रुपमा महशुस गर्छ । बच्चाको ध्यान केन्द्रित गर्ने, सतर्कता हुने र श्रवण भावनालाई विकास हुन सहयोग पुर्याउँछ । गर्भावस्थाको समयमा संगीत सुन्दा बच्चाको व्यक्तित्वलाई आकार दिन मद्दत गर्न सक्छ, किनकि ऊ धेरै बुद्धिमान व्यक्ति बन्न सक्छ। यसरी मधुर संगीत सुन्ने आमाको बच्चा शान्त हुन्छ तर चर्को संगीत सुन्ने आमाको बच्चा क्रोधित हुन सक्छ। तनाव हुँदै डिप्रेसनको सिकार हुने सम्भावना भएको समयमा संगीतले मानिसलाई सान्त बनाउँछ । दिमाखलाई आनन्दित तुल्याउँछ । बच्चालाई शान्त र खुसी बनाउन मद्दत गर्छ । गीत तथा संगीत गर्भावस्थाको समयमा तनावसँग सामना गर्नको लागी एक प्रभावकारी तरिका हो। याद गर्नुहोस् की संगीतमा निश्चित लय र ढाँचाहरू छन् जुन बच्चाहरूलाई चिन्न र सम्झन सजिलो हुन्छ। यो विश्वास गरिन्छ कि बच्चाको श्वासप्रश्वासको ढाँचा उसले सुनेको धड्कन र आवाज अनुसार परिवर्तन हुन्छ। त्यसैले चर्को स्वरमा गीत संगित सुन्नु बच्चाको लागि हानिकारक हुन्छ । जसले तनाव र रक्तचाप पनि बढाउन सक्छ। त्यसैले गर्भावस्थामा हल्का प्रकृतिका गीत तथा संगीत सुन्नुहोस्, जसले गर्भमा रहेको बच्चालाई खुसी राख्छ। भास्कर दैनिकबाट ।
काठमाडौंमा डिजिटल हेल्थ कन्फरेन्स हुँदै, अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्ने
काठमाडौं । नेपालमा पहिलोपटक यही मंसिर १२ र १३ गते डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ । काठमाडौंमा आयोजना हुने सो सम्मेलन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन हुन लागेको हो । सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा केन्द्रित हुने बताइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्वीट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गर्ने आयोजकले बताएका छन् । सम्मेलनमा नेपालका डिजिटल हेल्थसम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ । डिजिटल हेल्थको सन्दर्भमा नेपालको वर्तमान स्वास्थ्य नीतिले सम्बोधन गरेको विषय पनि सम्मेलनको विशेष मुद्दा हुनेछ । यसका साथै डिजिटल हेल्थमा नेपालका दूरदराजका जनताको सहज पहुँचको वातावरण सिर्जना गर्ने विषय पनि सम्मेलनमा मुख्य छलफलको विषय बन्ने बताइएको छ । कार्यक्रममा वर्ल्ड हेल्थ अर्गनाइजेसन, जर्मन सहयोग नियोग, जीआईजी, एनएसआई, तुर्किस एयरलाइन्स, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य रहेको छ ।