लाभाशं र बोनस दिन रोक, घरजग्गामा लगानी गर्न नपाउने
काठमाडौं । सहकारी संस्थाहरुको नियामक सहकारी विभागले सहकारी संस्थाहरुलाई बोनस र लाभांश वितरणमा रोक लगाएको छ । विभागले सहकारी संस्थाहरुका लागि मंगलबार एकिकृत निर्देशन जारी गर्दै लाभांश र कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको हो । विभागले जारी गरेको ११ बुँदे एकिकृत निर्देशन जारी गर्दै समस्यामा परेका सहकारीहरुका लागि सो व्यवस्था गरेको हो । यस्तै, सहकारीहरुले घरजग्गा खरिद बिक्री गर्न पनि नपाउने भएका हुन् । सहकारी संस्थाको सञ्चालन तथा नियन्त्रण यसको सदस्यहरुले नै गर्ने भएकोले संस्थाका सबै गतिविधिहरुमा जानकारी राख्ने, समस्या समाधानमा सहभागी हुने, साधारणसभामा सक्रियतापूर्वक भाग लिने, विस्तारित मंचको बैठकमा भाग लिने, संस्थामा सदस्यको हैसियतले नियमित बचत गर्ने र लिएको कर्जा समयमै चुक्ता गर्न पनि निर्देशनमा उल्लेख गरिएको छ । विभागले संस्थाको नाम, ठेगाना, सञ्चालकहरुको पहिचान, सामाजिक प्रतिष्ठा, कर्मचारी तथा व्यवस्थापकहरुको जानकारी, कार्यक्षेत्र संस्थागत सुशासन, लेखापरिक्षण, साधारण सभा, सामाजिक उत्तरदायित्व प्रतिको सचेतना, सदस्यसँगको सम्बन्ध, संस्थाको कारोबार, नियामकीय निर्देशनको पालना र सुधार, सूचनाहरुको संप्रेषण, वेबसाइट आदिबाट पर्याप्त सूचना संकलन र विश्लेषण गरेपछी मात्र आफ्नो कार्यक्षेत्रभित्रको विश्वासयोग्य कुनै एक प्रकृतिको एक संस्थाको शेयर सदस्य भइ कारोबार गर्ने/गराउन निर्देश्न दिएको छ । यस्तै, विभागले केन्द्रीय संघ/सहकारी बैंकका आफू सम्बद्ध प्रारम्भिक संस्थाहरुसँग निरन्तर छलफल र संवाद गर्ने, आवश्यक पूर्व सजगता सहितका निर्देशनहरु जारी गरी कार्यान्वयन गर्ने गराउने । आफूसँग आवद्ध नभएका संस्थाहरुलाई समेत विश्वासमा लिई संस्थागत सुशासन प्रकृयामा सहभागिता अभिवृद्धि गर्न निर्देशन पनि दिएको छ । आफूमा आवद्ध संस्थाहरुको निरन्तर सुक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी संभव भएसम्म कोषको व्यवस्थापन गर्ने, केन्द्रीय संघहरु माफर्त सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागिता गराउने, सहकारी शिक्षा तथा तालिमका विषयहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । [pdf id=346173]
नेकोले सर्वाधिक कमाउँदा सानिमा जनरलले ९८% ले बढायो नाफा, बीमा कोषमा जनरल एग्रेसिभ
काठमाडौं । गत वर्ष १६ वटा निर्जीवन बीमा कम्पनीले कूल ४ अर्ब ९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १६ वटा कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएका हुन् । जुन अघिल्लो वर्षको तुलनामा ८.०६ प्रतिशतले बढी हो । यी कम्पनीले अघिल्लो आवमा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा ४ वटा कम्पनीको नाफा घटेको छ । जसमा सगरमाथाको ८.७१, प्रिमियरको ३.५४, लुम्बिनी जनरलको २३.२२ र हिमालयन एभरेष्टको ५९.६१ प्रतिशतले नाफा घटेको छ । बाँकी सबै कम्पनीको अघिल्लो आवको तुलनामा नाफा बढेको देखिन्छ । सबैभन्दा बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स अगाडि देखिएको छ । नेकोले एक वर्षको अवधिमा ५५ करोड १ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । अघिल्लो आवमा ५० करोड ४५ लाख रुपैयाँ बराबरको नाफा कमाएको कम्पनीले एक वर्षमा ९.०३ प्रतिशतले वृद्धि गरेको छ । त्यस्तै, बढी नाफा कमाउनेको दोश्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ३१.४१ प्रतिशतले नाफा बढाएर ४७ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, तेश्रोमा सगरमाथा इन्स्योरेन्स छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । रकमको आधारमा तेश्रोमा रहेको सगरमाथा अघिल्लो आवको तुलनामा ८.७१ प्रतिशतले घटी हो । अधिकांश स्थानमा शीर्ष स्थानमा हुने शिखर इन्स्योरेन्स नाफाको आधारमा चौथो स्थानमा देखिएको छ । अघिल्लो आवको तुलनामा शिखरको नाफा २८.९३ प्रतिशत बढेर ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी एग्रेसिभ सानिमा जनरल देखिएको छ । सानिमा जनरलले एक वर्षको अवधिमा ९८.६४ प्रतिशत बढी नाफा कमाएको छ । अघिल्लो आवमा ७ करोड २९ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको इन्स्योरेन्सले गत आवमा १४ करोड ४९ लाख रुपैयाँ कमाएको छ । कुनको कति ? (सूचीसहित) यससँगै अघिल्लो आवमा सबैभन्दा कम नाफा कमाउनेको सूचीमा परेको सानिमा जनरल अहिले १६ कम्पनीमध्ये ४ वटालाई उछिन्न सफल भएको देखिन्छ । १६ कम्पनीमध्ये सबैभन्दा कम नाफा हिमालयन एभरेष्ट इन्स्योरेन्सको छ । बीमा क्षेत्रमै पहिलो मर्जरमा गई एकीकृत कारोबार गरेको यो कम्पनीले गत असारसम्ममा ७ करोड ५ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । बीमा कोष बढाउन जनरल इन्स्योरेन्स एग्रेशिभ समीक्षा अवधिमा १६ निर्जीवन बीमा कम्पनीको बीमा कोषको आकार १४ अर्ब २ करोड रुपैयाँ बढी छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । अघिल्लो आवमा यी १६ कम्पनीको बीमा कोषको आकार कूल ११ अर्ब ९१ करोड रुपैयाँ थियो । बीमाकोषको आधारमा सबैभन्दा बलियो सरकारी कम्पनी अर्थातर राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले उक्त कोषको आकार ९.७४ प्रतिशतले बढाई २ अर्ब ६६ करोड रुपैयाँ बढी पुर्याएको छ । त्यस्तै, शिखरको १ अर्ब ४१ करोड, नेकोको १ अर्ब ३७ करोड र सगरमाथाको १ अर्ब २२ करोड रुपैयाँ बढी बीमा कोषमा सञ्चित छ । जुन प्रतिशतको आधारमा क्रमशः १६.५८, २५.०२ र १७.८९ प्रतिशतले बढी हो । कुनको कति ? (सूचीसहित) त्यसैगरी, एग्रेसिभ रुपमा कोषको आकार बढाउनेमा जनरल इन्योरेन्स देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा १४२.५७ प्रतिशतले बीमा कोष बढाई २४ करोड ६५ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको उक्त कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित थियो । त्यस्तै, सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । २०७९ असारसम्म कम्पनीको कोषमा १६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । जुन २०७८ असारसम्मको तुलनामा ७७.१८ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीको कोषको आकार ९ करोड २७ लाख रुपैयाँ थियो ।
अर्थतन्त्रमा सुधारको संकेत, दबाब भने कायमै
काठमाडौं । पछिल्लो केही महिना यता अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक/दुई महिनामा भने अर्थतन्त्र सुधारको दिशामा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्यवृद्धि बढेको भएपनि गत महिनाको तुलनामा भने घटेको छ । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । शोधान्तर स्थिती साढे २ खर्ब घाटामा गत आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिती रु.२५५ अर्ब २६ करोडले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधान्तर स्थिति निरन्तर घाटामा छ । यद्यपि पछिल्लो केही महिनामा भने सुधारको संकेत देखिएको छ । जेठ महिनामा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । एक महिनामा शोधान्तर स्थिति १४ अर्ब ५५ करोडले घाटा कम देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ । तर, एक महिनाको तुलनामा भने केही सुधार देखिएको छ । जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ११७६ अर्ब ८४ करोड थियो । एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ३८ अर्ब ९६ करोडले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । निर्यातमा वृद्धि गत जेठको तुलनामा निर्यातमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठमा कुल १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको थियो । तर, असारसम्म कुल २ खर्ब ३ करोडको निर्यात भएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा पनि निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अ अनुसार आयत भने बढेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । रेमिट्यान्स पनि बढ्यो आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । जेठसम्म रेमिट्यान्स आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको थियो । यो तथ्यांकले पनि रेमिट्यान्स बढ्दै गएको देखिन्छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । भइरहेको बेला नेपाल राष्ट्र बैंकको तथ्यांकले भने विस्तारै अर्थतन्त्रले लय समात्न लागेको सन्देश प्रवाह गरेको हो ।