बुम रेमिट्यान्स प्रालीको एजेन्टमा नेपाल बगंलादेश बैंक नियुक्त, बैंकका शाखाबाट रेमिट्यान्स भुक्तानी गरिने

काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ ।  आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट श्री प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । उनका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको उनले बताए । यस अवसरमा बैंकका नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले बुम रेमिट्यान्ससँगको सहकार्यले बैंकको रेमिट्यान्स ब्यवसायमा थप टेवा मिल्ने धारणा ब्यक्त गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेंसन रहेका छन् ।

हिमालयन बैंकको ‘इ कमर्स पेमेन्ट गेटवे सेवा’ सुरु, विद्युतीय प्रणाली मार्फत खरीद र बिक्री

काठमाडौं । हिमालयन बैंक लिमिटेडले विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । बैंकले ग्राहकका लागि अनलाईनमार्फत वस्तु तथा सेवा प्रदान गर्न डेबिट तथा क्रेडिट कार्डको व्यवस्था गरेको छ । बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक टु सि टु पि थाइल्यान्ड सँगको सहकार्यमा शुरु गरेको हो । यो संस्करणमा अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको बैंकले जानकारी दिएको छ । नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो जसले व्यवसाय गर्ने प्रविधमै क्रान्ति ल्याएको बैंकको दाबी छ । यसमा ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्ने बैंकले जानकारी दिएको छ । बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स आदि ले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हुँदा यस प्रणालीमा रही डेबिट तथा क्रेडिट कार्ड मार्फत गरिने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुने बैंकले बताएको छ । इ कमर्स गेट वे तथा कार्ड प्रविधिमा बैंकद्वारा प्रयुक्त यस प्रकारको उच्चतम सुरक्षा प्रविधिले गर्दा व्यापारी तथा ग्राहक दुवैलाई उच्च सुरक्षाको अनुभूति गराउनेछ । बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यवसायीमाझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा नेपाल सरकारलाई सन् २०१५ को भूकम्पपछि प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशहरुवाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवा मार्फत संकलन भएको थियो । उक्त समय करीव ९३ हजार पाँच सय अमेरिकी डलर एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको थियो ।

यूनाईटेड इन्स्योरेन्समा ३६ करोड घोप्लाबाजी प्रकरण : ३ दिनभित्र स्पष्टीकरण पेस गर्न बीमा समितिको निर्देशन

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिको निर्देशनको अवज्ञा गरेको छ । निर्देशन पालना नगरेपछि बीमा समितिले सो कम्पनीलाई स्पष्टीकरण सोधेको छ । बीमा समितिले भदौ २२ गते पत्र लेख्दै स्पष्टीकरण माग गरेको हो । ‘समितिले ३ दिन भित्र लिखित जवाफ पेश गर्ने निर्देशन दिएको छ’ सम्बद्ध स्रोतले भन्यो । बीमा समितिबाट प्राप्त पत्र विहीबार नै कम्पनीमा दर्ता भएकोे यूनाइटेड इन्स्योरेन्स कम्पनी सम्बद्ध स्रोतले पुष्टि गरेको छ । कम्पनीले आईतबार भित्र स्पष्टीकरण दिनुपर्ने भएको छ । यसअघि बीमा समितिले आर्थिक वर्ष २०७२/७३को वासलातसहितको वार्षिक प्रतिवेदन अस्वीकृत गर्दै लेखापरीक्षकले जनाएको कैफियत अनुसार प्रोभिजन बढाएर संशोधित वार्षिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । साउन १६ गते पत्र लेख्दै समितिले भदौ १५ गतेभित्र संशोधित आर्थिक प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो । समितिको निर्देशन पालना नगरी यूनाईटेड इन्स्योरेन्स कम्पनीले नियामक निकायलाई अटेर गरेको ठहर गर्दै बीमा समितिले भदौं २२ गते प्रष्टीकरण सोधेको हो । चौधरी ग्रप अन्तरगतको ‘सिटी स्केप’को ५३ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी विवादमा यूनाइटेड इन्स्योरेन्स कम्पनीभित्र करिब करिव ३६ करोड रुपैयाँ घोप्लाबाजी भएको छ । बीमा समितिले प्रष्टीकरण माग्दै दोस्रो निर्देशन दिएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल र निर्वाण चौधरीबीच पटक पटक छलफल भएको छ । कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले यस विषयमा आफू केही नबोल्ने बताए । १ अर्ब २३ करोड रुपैयाँ भ्यालुको बीमा भएको सिटी स्केपको अपार्टमेन्टमा २०७२ सालको भूकम्पले क्षति पुर्याउपछि कम्पनीले ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरेको छ । ‘नेपाली भ्यालुएटर राजन थापा र एउटा भारतीय कम्पनीले गरेको भ्यालुएशनको आधारमा ५३ करोड ५८ लाख रुपैयाँ बीमा दावी गरिएको छ । त्यसमा १ प्रतिशत सेवा शुल्क थप गरिएको छ’ स्रोतले भन्यो । उक्त दावी आएपछि युनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ सिटीस्केपलाई भुक्तानी गरेको छ । यो कम्पनी अरुणकुमार चौधरीको हो । युनाईडेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता समेत रहेको चौधरी ग्रुप नै हो । ‘लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले औल्याएको वित्तीय विवरण अनुसार पुर्नबीमा कम्पनीबाट ५१ करोड ८० आउनु पर्ने देखिन्छ । तर पुर्नबीमाबाट करिव १४ करोड रुपैयाँ मात्र आएको छ । सोही आधारमा पुर्नबीमाबाट आउनु पर्ने भनिएको तर नआएको रकम (करिव ३६ करोड रुपैयाँ) प्रोभिजन गर्न बीमा समितिले भनेको छ’ स्रोतले भन्यो । सपोर्ट डकुमेन्ट नभएको पुर्नबीमा कम्पनीले थप भुक्तानी दिन अस्वीकार गरेको छ । ‘डकुमेन्ट हेर्दा पुरै भवनको बीमा गरिएको देखिएन, फ्लोरवाईज बीमा गरिएको रहेछ । पुर्नबीमा गर्दा कम्पनीको तर्फबाट गम्भिर त्रुटी भएको देखिएको छ । यसरी गरिएको बीमा ‘बीमाको सिद्धान्त र अन्तराष्ट्रिय अभ्याससँग मेल खाँदैन’ स्रोतले भन्यो । पुर्नबीमाबाट थप भुक्तानी हुने सम्भावना नरहेकोले बीमा समितिले प्रोभिजन गर्न कम्पनीलाई निर्देशन दिएको स्रोतको भनाई छ । सम्बन्धित समाचारहरू पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स