राष्ट्र बैंकमा जागिर खान फारम भर्नुभएको छ ? हेर्नुहोस यो मितिमा हुँदैछ परीक्षा

काठमाडौं । राष्ट्र बैंकले १५१ जनाको लागि खुलाएको विज्ञापनको परिक्षा मिती तोकेको छ । ३ तहको पदपुर्ति गर्नका लागि बैंकले असार ९ गतेदेखि परिक्षा सञ्चालन गर्ने भएको छ । ४५ जना माग रहेको सहायक निर्देशक अधिकृत तृतियको प्रथम पत्रको परिक्षा असार ९ गते ११ बजेदेखि सुरु हुनेछ भने भने द्धितिय पत्र साउन १७, तृतिय पत्र साउन १८ र चतुर्थ पत्रको लागि साउन १९ गते तोकेको छ । द्धितिय र तृतिया पत्रको परिक्षा ४ घण्टासम्म हुने बैंकले जनाएको छ । त्यस्तै ९६ जना माग रहेको सहायक प्रशासन तर्फको परिक्षा असार २३ गतेबाट सुरु हुनेछ । द्धितिय पत्र भदौ ८ गते हुनेछ भने तृतिय पत्र भदौ ९ गते हुनेछ । यसैगरी १० जना माग गरिएको सहायक प्रविधिक तर्फको परिक्षा असार २२ गते हुने भएको छ । याे पनि हेर्नुहाेस राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?

नेपाल बङ्गलादेश बैंक र रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सबिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैक र रिलाएबल नेपाल लाईफ ईन्स्योरेन्सका बिच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ५५ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सेञ्चुरी बैंक र आईएमइ लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आईएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । बैंकले हाल १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।