अब सिभिल बैंकबाट पनि जनरल इन्स्योरेन्सको बीमा सेवा
काठमाडौँ । सिभिल बैंक लिमिटेडले वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले जनरल इन्स्योरेन्स कम्पनी नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरे । अब जनरल इन्स्योरेन्सका बीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । सिभिल बैंकले यस अघि पनि निर्जीवन बीमा कम्पनीहरु तथाजीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी निर्जीवन वीमा तथा जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
एनसीसी बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका सम्पूर्ण शाखा, उपशाखा तथा एक्स्टेन्शन काउण्टर कार्यालय मार्फत बैंकका ग्राहकहरुले सरल एवंम सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न एवंम हरेक प्रकारका निर्जिवनबीमा सेवा प्राप्त हुनेछ ।
सांग्रिला र एशियन लाइफबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एशियन लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार उक्त ईन्स्योरेन्स कम्पनी बाट बैंकका कर्मचारी, शेयरधनी समुह र ग्राहकहरुले बैंकको हालै सञ्चालनमा रहेका ७७ वटै शाखाबाट एशियन लाइफ ईन्स्योरेन्सको ले प्रदान गर्ने सेवा लिन सक्ने छन् । हरेक शाखाबाट बैंकिङ्ग सेवाको अतिरीक्त उक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध पोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धि सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।