साधना लघुवित्तले दोश्रो त्रैमासमा कमायो ५६ लाख नाफा

<p>काठमाण्डौ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको र २०७४ मंसिर ३ गतेबाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको [&hellip;]</p>


काठमाण्डौ । गोरखा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको र २०७४ मंसिर ३ गतेबाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५६ लाख ८३ हजार खुद मुनाफा अर्जान गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ लाख २१ हजार खुद घाटामा रहेको संस्थाले यसपटक प्रगति गरेको हो ।

चालु आवको प्रथम त्रैमासिकमा २३ लाख ४६ हजार संचालन मुनाफामा रहेको लघुवित्त ३ महिनामा ६५ लाख ८४ हजार रुपैयाले संचालन मुनाफा बढाई ८९ लाख ३१ हजार पुर्याएको छ ।

कुल ४ करोड ९० लाख चुक्ता पूँजी रहेको यो कम्पनीको खराब कर्जा शुन्य रहेको छ । त्यस्तै समीक्षा अवधिमा कस्ट अफ फण्ड १०.५१ प्रतिशत रहेको छ भने तरलता अनुपात ९.०२ प्रतिशत, इक्वीटीमा प्रतिफल २०.७७(बार्षिक) र सम्पत्तिमा प्रतिफल १.५८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

Share News