एनआइसी एसीयाले कमायो करिब डेढ अर्ब रुपैयाँ, एक वर्षमा ३७ प्रतिशतले नाफा बढायो
काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुँद नाफा गर्न सफल भएको छ । यो बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ३७ दशमलव ७५ प्रतिशतले बढी हो । यो बैंकले गत वर्ष १ अर्ब ६ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ४० करोड रुपैयाँले बढी हो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकले असार मसान्तसम्ममा निक्षेप ८६ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ भने ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसले करिब ११ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ३६ प्रतिशत रेको छ । बैकको प्रति सेयर आम्दानी २२ रुपैयाँ रहेको छ । यो बैंकको सीडी रेसियो ७६ दशमवल ३४ प्रतिशत रहेको छ ।
लेनदेन नमिल्दा एक खर्बका चेक साटिएन, ८ खर्बको चेकमध्ये ७ खर्बको मात्रै साटियो
काठमाडौं । सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका १ खर्ब रुपैयाँ बराबरको चेक आर्थिक बर्ष सकिदा पनि साटन बाँकी रहेको देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्ष असार मसान्तसम्ममा कुल ८ खर्ब २३ अर्ब रुपैयाँ बराबरको चेक काटिएको छ । तर, राष्ट्र बैंकको तथ्यांकले ७ खर्ब २१ अर्ब रुपैयाँको मात्रै भुक्तानी भएको छ । यो तथ्यांकका आधारमा १ खर्ब २ अर्ब बराबरको चेक सम्बन्धित कार्यालयमै रहेको देखिन्छ । यस्तो चेक ठेकेदार वा अन्य सेवा प्रदायकलाई भुक्तानी गरिहाल्नुपर्ने भए पनि चलखेलका लागि सरकारी कार्यालयले आफैंसँग राखेका हुन् । ‘यसमध्ये अधिकांश रकम सम्बन्धित कार्यालय प्रमुख, लेखापाल वा इन्जिनियरले अतिरिक्त लाभ लिएर मात्रै ठेकेदार वा सेवा प्रदायकलाई दिन्छन्,’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘यसमा अधिकांश रकम ठेकेदारलाई भुक्तानी दिन बाँकी हुन्छ र चेक सम्बन्धित कार्यालयको घर्रामा हुन्छ । सम्बन्धित कार्यालय प्रमुख, लेखापाल, इन्जिनियरलाई अतिरिक्त लाभ दिएपछि मात्रै भुक्तानी हुनेछ ।’ यो भ्रष्टाचारको अर्को रूप रहेको उनले बताए । सरकारी काम गरेपछि सम्बन्धित कार्यालयले विवरणहरूसहित चेक काट्नका लागि जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० मा पठाउँछ । उक्त विवरणको आधारमा कोलेनिकाले चेक काटी सम्बन्धित कार्यालयमा पठाउँछ । तर, लेनदेनका लागि सम्बन्धित कार्यालयले कोलेनिकाबाट चेक काटे पनि आफ्नै घर्रामा राखेका हुन्छन् । चेक थन्काएर अतिरिक्त रकम माग गर्ने भयावह अवस्था बढेकाले २०५७ देखि सरकारी चेक एक महिनाभित्र साटिसक्नुपर्ने व्यवस्था गरिएको पूर्व अर्थ सचिव खनालले बताए । कान्तिपुर दैनिकबाट ।
इक्रा रेटिङमा एनआईसी एशिया बैंकले पायो ‘इक्रा एनपीआईआर ए’
काठमाडौं । एनआईसी एशिया बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको छ । बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पुंजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको छ । उक्त क्रेडिट रेटि¨प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने तथा प्रयाप्त कर्जा गुणस्तर रहेको मानिन्छ । हाल बैंकको ११९ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउन्टरहरु तथा ७० एटिएम सञ्जालहरु संचालनमा रहेका छन् । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न स्थानहरुमा थप शाखा सञ्जाल, एक्स्टेन्सन काउन्टर तथा एटिएम सञ्जालहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।