राजधानीको चाबहिलमा कामना सेवाकोे शाखा

काठमाडौँ । कामना सेवा विकास बैंकको काठमाडौं महानगरपालिका–७, चाबहिलमा फागुन १२ गते ६६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बताए ।

चैत ४ गते एलआईसी नेपालको साधारणसभा, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)(नेपाल)को १६औँ वार्षिक साधारणसभा आगामी चैत ४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बस्दै छ । सो प्रयोजनका लागि फागुन २१ गतेदेखि चैत ४ गतेसम्म इस्योरेन्सको बुक क्लोज हुँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने इन्स्योरेन्सको संचालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात इन्स्योरेन्सको पुँजी बढेर एक अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ । साथै, सभाले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशलाई अनुमोदन गर्दै छ ।

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यी ७ क्षेत्रले पाउँछन् ५ करोड

सुर्खेत । नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए । ‘थोक कर्जा वितरक र सहकारी संस्थाहरुबीच समन्वय’ विषयक वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै उनले राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष बन्द हुन लागेको जानकारी दिए । “आगामी असारदेखि ग्रामीण स्वावलम्बन कोष बन्द गर्दैछौँ”, निमित्त निर्देशक पोखरेलले भने, “लघुवित्त संस्था र बैंकहरुले उक्त प्रकृतिको काम गरिरहेकाले कोष बन्द गर्ने निर्णयमा पुगेका हौँ ।” कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन ९पहल० कार्यक्रमका वित्तीय सेवा अधिकृत विश्व श्रेष्ठले दैलेख, जाजरकोट, पश्चिम रुकुम, रोल्पा, प्यूठान, सल्यान र सुर्खेतका २० हजार बढी किसानलाई वित्तीय साक्षरता प्रदान गरेपछि शेयर सदस्यको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको दाबी गरे । उनले सहकारीका सदस्यको बढ्दो ऋण मागलाई सम्बोधन गर्न थोक कर्जा प्रवाह गर्ने सहकारीसँग पनि समन्वय बढाउन सुझाव दिए । त्यस्तै, सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुसालले सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनमा लगानी बढाउन आग्रह गरे । रासस