एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने, राष्ट्रिय स्तरको संस्था बन्ने लक्ष्य
काठमाडौं । गोरखा जिल्लाको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्लाको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था लि. लाई प्रप्ति गर्ने भएको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ यी दुई संस्थाबीच उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फबाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका छन् । प्राप्तिपछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी चुक्तापूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तले १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको थियो । उक्त सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
मालिका बचतको नयाँ सेवा केन्द्र सुन्धारा स्थित जेडिए कम्प्लेक्समा
काठमाडौँ । कुलेश्वर काठमाण्डौमा प्रधान तथा बैंकिङ्ग कार्यालय रहेको मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बिस्तारित सेवा केन्द्र थप गरको छ । बिस्तारित सेवाकार्यालय काठमाण्डौं सुन्धारा स्थित जे.डि.ए. कम्प्लेक्समा आज एक समारोहका बीच संस्थाका अध्यक्ष जनकबहादुर धामीको सभापतित्व एवम् प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले संयुक्त रुपमा समुद्घाटन गरियो ।