माछापुच्छ्रे बैंकले पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गर्यो जुत्ता-चप्पल कक्ष

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता-चप्पल कक्ष एवम् सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी फागुन १७ गते पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे । बैंकले पशुपति मन्दिरमा आउने तीर्थालुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तीर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम समेत जडान गरी सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

मुक्तिनाथ विकास बैंकले घटायो ०.५% सम्म ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।

कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा, ‘पहिलो विकास बैंक बन्ने दिन धेरै टाढा छैन’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले भिसा डेबिट कार्डको औपचारिक उद्घाटन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृृत प्रविण बस्नेतले अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन् । डेबिट कार्ड सेवा सुरु गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्ने समेत सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने दाबी गरे । बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गर्दै कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो बन्ने दिन धेरै टाढा नभएको बताए ।