एनआइसी एशियाले ल्यायो शेयर धितो कर्जा, दुई दिनमै कर्जा प्रवाह गर्ने व्यवस्था

काठमाडौं । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ । सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ दिनमा नै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा सुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यो कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

एनबी इन्स्योरेन्सको साधारणसभा असोज १० गते, ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने

काठमाडौं । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ८ अनुपातमा हकप्रद निश्कासन गर्ने जानकारी दिएको छ । कम्पनीले अधिकृत पुँजी बढाएर २ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गर्ने भएको छ ।  कम्पनीले २० औ वार्षिक साधारणसभा असोज १० गते बोलाएको छ ।

नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने, असोज १० गते साधारणसभा गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो । नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नेकोले गत आवमा ७ करोड १२ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ । कम्पनीले असोज १० गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । यस्तै चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।