कालिका लघुवित्तको तीन दिने तालिम, ७० शाखाका प्रबन्धक सहभागी

काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अर्ध वार्षिक समिक्षा गोष्ठी, कार्य सञ्चालन तथा बिमा सम्बन्धि ३ दिने तालिम चितवनको सौराहा सम्पन्न भएको छ । ७० वटा शाखाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको तालिम फागुन १८ गते शुरु भई २० गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कृष्ण खाँडले कालिका कर्मचारीमैत्री हुने बताउदै संस्थाको लक्ष्य हासिल गर्न रचनात्मक तरिकाले कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन तथा सुझाव दिएका थिए । कार्यक्रममा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुखहरुले सहजिकरण गरेका थिए । संस्थाको आर्थिक वर्षको अन्तिम सम्ममा ५५ हजार सदस्यहरुबाट ८२ करोड निक्षेप संकलन सहित २२१ करोड लगानी पुर्याउने लक्ष्य रहेको छ । प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कर्मचारीहरुलाई सदस्यमैत्री बनेर सेवाभावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । यसैबीचमा संस्थापक समूहको तर्फबाट निर्वाचित भएका सञ्चालकहरु नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ र कृष्णकाजी केसीले अध्यक्ष कृष्ण खाँड समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालक पदमा चार्टड एकाउन्टेन्ट अनुराग वाग्ले नियुक्त भएका छन् । कार्यक्रममा सर्वसाधारण समूहका सञ्चालकद्धय विश्वराज नेपाल र करुणा पोख्रेल तथा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय प्रबन्धक सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी लगायतको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

सिटिजन्स बैंकद्वारा महाकवि देवकोटा विद्यालयलाई १ लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माध्यमिकविद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमबीच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको ज्येष्ठ मावि देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथाथारु, मुस्लिम, मधेसी, जनजाती, दलितजातिकाकरिव १,३२५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ । उक्त सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकासका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा गुप्ता नियुक्त

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त भएकी छन् । फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले गुप्तालाई स्वातन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीवाट फागुन २० गते पद तथा गोपनियताको सपथ ग्रहण गरिन् । उक्त अवसरमा लुम्बिनी विकास बैंकका सञ्चालकहरु डा. रुप ज्योति, प्रविणकृष्ण श्रेष्ठ, प्रतापकुमार आचार्य र रामचन्द्र सिग्देलको उपस्थिति रहेको थियो ।