४४ करोड प्रोभिजन गर्न युनाइटेड इन्स्योरेन्स बाध्य, बीमा समितिकाे दवावले कम्पनी घाटामा गएकाे सिईओको अाराेप

काठमाडाैं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ४४ करोड ९६ लाख ५८ हजार ८ सय ६२ रुपैंयाँ प्रोभिजन गरेको छ । भूकम्पले भत्किएको  सिटी स्केप हाउजिङमा परेको बीमा दावीका लागि रि इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन नमानेपछि युनाइेटेड इन्स्योरेन्सले सो मात्रामा प्रोभिजन गरेर अार्थिक वर्ष २०७२/७३ काे वित्तिय विवरण बीमा समितिलार्इ बुझाएकाे छ । चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि बीमा दावी वापत रि इन्स्योरेन्स कम्पनीले रकम दिन नमानेको हो । उक्त कम्पनीले गरेकाे ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । प्रमुख कार्यकारी अधिकृत शेखर बराल सिटी स्केपमा पुगेको क्षतिका लागि रि इन्स्योरेन्स कम्पनीसँग युनाइटेडले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको तर  रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिएको युनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले स्वीकार गरेका छन् । कम्पनी करिव २५ कराेड रूपैयाँ नाेक्सानीमा गएकाे छ । बीमा समितिले दवावमा कम्पनीले ४४ कराेड प्राेभिजन गर्नु परेकाेले कम्पनी नाेक्सानमा पुगेकाे र यसमा व्यवस्थापन पक्ष दाेषी नभएकाे बरालले अाफ्ना निकट व्यक्तिहरूसँग भन्ने गरेका छन् । बीमा समितिकै कारण कम्पनीले सेयरधनीलार्इ वितरण गर्न प्रस्ताव गरेकाे १० प्रतिशत बाेनस सेयर र १०० प्रतिशत हकप्रद सेयर रद्द भएकाे उनकाे अाराेप छ । यसअघि कम्पनीले अार्थिक वर्ष २०७२/७३  नाफाबाट १० प्रतिशत बाेनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेकाे थियाे । बीमा कम्पनीले जोखिमको ११५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था रहे अनुसार युनाइटेडले ४४ करोड भन्दा बढि रकम प्रोभिजन गरेको परिस्कृत वित्तिय विवरण बीमा समितिलाई बुझाएको छ । ‘हामीले वित्तिय विवरणमा कैफियत जनाएर फिर्ता पठाएका थियौं, अहिले प्रोभिजनसहितको परिस्कृत वित्तिय विवरण आएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनी र लिडर रि इन्स्योरेन्स कम्पनीबिचको सम्झौता सम्बन्धी कागजात पनि मागेको छ । ‘रि इन्स्योरेन्स कम्पनीले किन भुक्तानी दिन मानिरहेको छैन ? प्रश्न उब्जिएको छ, हामीले कम्पनी र रि इन्स्योरेन्सबीचको सम्झौता मागेका छौं’, बीमा समिति उच्च स्राेतले भन्यो । सम्बन्धीत समाचारहरू महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित

सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर दिने, पूँजी ६४ करोड नाघ्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले हाल कायम रहेको कम्पनीको ५३ करोड ४५ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशतले हुने आउने १० करोड ६९ लाख ३ हजार रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो । सो मात्राको बोनस पछि कम्पनीको पूँजी ६४ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिए पछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको बोनस पाउने कम्पनीले जनाएको छ । कम्पनीले उक्त निर्णय स्वीकृतिको लागि बीमा समितिमा पेश गराइसकेको जानकारी दिएको छ ।

दुई नयाँ जीवन बीमा कम्पनीले आरम्भ गरे कारोबार

काठमाडौं । नयाँ दुई वटा जीवन बीमा कम्पनीहरुले कारोबार आरम्भ गरेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले शुक्रबार युनियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ गरेका हुन् । यस अघि नै नयाँ जीवन बीमा कम्पनीका रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार आरम्भ गरेको थियो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बानेश्वरस्थित कर्पाेरेट कार्यालयबाट कारोबार आरम्भ गरेको हो भने सन नेपाल लाइफले कमलादीबाट कारोबार आरम्भ गरेको हो । शुक्रबारबाटै दुबै कम्पनीले बीमा सेवा समेत आरम्भ गरिसकेका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल, जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरको लगानी रहेको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्य नारायण क्याल, पवन कुमार बंशल, सुशिल कुमार धुरका, पुस्कर भक्त शर्मा, प्रमोद अग्रवाल र निता शर्मा लगायतको लगानी रहेको छ । दुबै इन्स्योरेन्स कम्पनीलाई बीमा समितिका अध्यक्ष चापागाईले आक्रामक बजार विस्तार गर्न निर्देशन दिएका थिए ।