३२ करोड ४२ लाख रुपैयाँ गुमेको यूनाईटेड इन्स्योरेन्स कम्पनीको स्वीकारोक्त्ति, जगेडा काेष ७ कराेड ७६ लाख ऋणात्मक

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कम्तिमा ३२ करोड ४२ लाख रुपैयाँ गुमाएको छ । २०७३ चैत मसान्तसम्ममा कम्पनीको जगेडा कोष २४ करोड ७४ लाख ११ हजार रुपैयाँ धनात्मक भएकोमा २०७४ असार मसान्तमा ७ करोड ७६ लाख ९१ हजार ऋणात्मक भएको छ । संस्थागत सुशासन ज्यादै कमजोर हुँदै गएको, नियामक निकायहरुको निर्देशन पालना गर्न नसकिरहेको, सेयरधनीप्रति गैरजिम्मेवार बन्दै गएको यस कम्पनीले २०७४ असार मसान्तको वासलात ४ महिना ढिला गरी सार्वजनिक गरेको छ । ढिलामा साउन मसान्तसम्ममा प्रकाशित गरिसक्नु पर्ने नियामकको निर्देशन भएपनि यस कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवारण कात्तिक २७ गते सार्वजनिक गरेको छ । संस्थागत सुशासन राम्रो भएको, नियामक निकायहरुको नीति निर्देशन पालना गर्ने, पारदर्शि रुपमा सञ्चालन भएका र सेयरधनीप्रति जवाफदेहि कम्पनीहरुले असोज मसन्तको वित्तीय विवरण पनि सार्वजनिक गर्न थालेका छन् । आर्थिक वर्ष २०७२/७३ सालमा कम्पनीले भोगेको नोक्सानीको असरले यस कम्पनीको संचित कोष ७ करोड ७६ लाख ९१ हजार ऋणात्मक हुन गएको हो । यूनाईटेड इन्स्योरेन्स कम्पनीले आफ्नै प्रवद्र्धक समूह चौधरी ग्रुपको हाउजिङ कम्पनी सिटी स्केपको बीमा दावीमा पुर्नबीमाबाट भुक्तानी हुनूपूर्व नै अग्रिम भुक्तानी दिएको थियो । सो बीमा दावीमा पुर्नबीमा कम्पनीले भुक्तानी दिन नमानेपछि कम्पनी ठूलो नोक्सानमा गएको हो । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड पब्लिक हो । तर यस कम्पनीको सञ्चालक तथा व्यवस्थापन समिति कति सम्म गैरजिम्मेवार बन्दै आएको छ भने कम्पनी किन घाटामा भयो भन्ने विषयमा अहिलेसम्म औपचारिक रुपमा प्रष्टीकरण दिएको छैनन् । यस कम्पनीको प्रमोटर, सञ्चालक समिति र उच्च व्यवस्थापक मिलेर करोडौ रुपैयाँ घोटाला गरेको समाचार विकासन्यूजले प्रकाशित गर्दै आएको थियो । यस प्रकरणमा विकासन्यूजले प्रकाशित गरेका थप समाचारहरु पढ्न सक्नुहुनेछ । पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स यूनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर स्थगित यूनाइटेड इन्स्योरेन्सप्रति कर्मचारीको विश्वास गुम्दै, सीईओको टेबुलमा राजीनामा पत्रको चाङ ४४ करोड प्रोभिजन गर्न युनाइटेड इन्स्योरेन्स बाध्य, बीमा समितिकाे दवावले कम्पनी घाटामा गएकाे सिईओको अाराेप

प्रभु इन्स्योरेन्सको १९.२० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पुँजीको १९.२० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित भएको छ । साथै, कम्पनीको सो मात्राको बोनस पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनी सञ्चालक समितिको निर्णय पारित भएको छ । उक्त निर्णयलाई कात्तिक २१ गते बसको कम्पनीको २२ औं वार्षिक साधारण सभाले पारित गरेको छ । सभाले पारित गरे बमोजिम कम्पनीले १९.२० प्रतिशत बोनस पश्चात कायम हुने पुँजीमा ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पाउने भएको छ । कम्पनीको पुँजी वृद्धिको लागि सो मात्राको बोनस र हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख रुपैयाँ नाघ्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७३÷०७४ मा खुद मुनाफा १६ करोड ४७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो । सो अवधिमा कम्पनीले ८३ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २५ करोड ३५ लाख २ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलब ६५ प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलाम हुदै, मंसिर ४ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।