घरेलु लघुवित्त वित्तीय संस्थाको कारोबार शुरु
काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारबाट विधिवत रुपमा कारोबार शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट फागुन ३ गते ‘घ’ वर्गको राष्ट्रिय स्तरको इजाजतपत्र प्राप्त संस्थाको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको वित्तीय संस्थाले कारोबार शुरु गरेको हो । बनेपा–८, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको सो वित्तीय संस्थाले विभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुबाट प्रर्वद्घितसंस्थाले लक्षित वर्गसम्म पूगी स्तरीय सेवा प्रदान गर्न कटिवद्घ रहने जनाएको छ ।
नेपाल बङ्गलादेश बैंकको नयाँ ४ शाखा सञ्चालन, शाखा संख्या ८५ पुग्यो
काठमाडौँ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा ८२, ८३, ८४ र ८५औं शाखाहरु संचालनमा ल्याएको छ । बैंकले फागुन २६, २७ र २८ गतेबाट रसुवा जिल्लाको टिमुरेमा, कन्चनपुर जिल्लाको महेन्द्रनगरमा, कैलाली जिल्लाको टीकापुरमा र बाँके जिल्लाको कोहलपुरमा शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ । बैँकलेसर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको जनाएको छ । शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने छन् ।
सहयोगी विकास बैंकले शुरु गर्यो एटीएम सेवा
जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको शुरुवात गरेको छ । उक्त एटीएम सेवाको बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले शुभारम्भ गरेका हुन् । बैंकको केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिए । बैंकको केन्द्रीय कार्यालय लगायत महोत्तरीको बर्दिवास शाखा, गौशाला शाखा र जलेश्वर शाखा गरी जम्मा ४ वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ । यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका ग्राहकलेहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् । जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको यस बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ ।