झापाको दमकमा कामना सेवाको ६९ औँ शाखा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले सोमबार ६९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंक संचालक समितिका सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए ।

केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर, नवजात शिशुको खातामा ५ सय र केक उपहार

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज(केएमसी)का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

चितवन र नवलपरासीमा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा सञ्चालन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकामा कावासोतीशाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकामा टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।