कृषि विकास बैंकको स्वतन्त्र सञ्चालक सदस्यमा इन्दिरा श्रेष्ठ नियुक्त
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले इन्दिरा श्रेष्ठ(मास्के)लाई स्वतन्त्र सञ्चालक सदस्यमा नियुक्त गरेको छ । बैंकसञ्चालक समितिको पुस २७ गते बसेको बैठकले ललितपुर–२३ धापाखेल स्थित डाउनटान एपार्टमेन्टका सञ्चालक श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले बताए । स्वतन्त्र सञ्चालक सदस्य श्रेष्ठको कार्यकाल ४ वर्षको हुनेछ ।
शेयरधनीलाई २०% नगद लाभांस दिने सनराइज क्यापिटलको घोषणा
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडको आठौँ बार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आब २०७४/०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आब २०७५/०७६ को लेखा परीक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको साधारण सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिति कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आब २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकले सातै प्रदेशमा खोल्यो प्रादेशिक कार्यालय, कुन प्रदेशको कार्यालय कहाँ ?
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ । स्थानीयस्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो । प्रदेश नं.१को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर (नक्साल)मा तोकिएको स्थापना भएको छ । त्यस्तै, गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ । बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ । साथै ८ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तीय सेवालाई फराकिलो पारेको बैंकले जनाएको छ ।