एनएमबि बैंक र एनबीआई बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

<p>काठमाडौँ । एनएमबि बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना [&hellip;]</p>


काठमाडौँ । एनएमबि बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट(एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे एनएमबि बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एप्सबारे ज्ञान दिलाई आ-आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ ।

साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने जनाएको छ ।

Share News