दुई कम्पनीको एक अर्ब ५७ करोडको आईपीओ आउँदै, हेरौँ क-कसको कति ?
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई कम्पनीलाई साे मात्रा अर्थात एक कराेड ५७ लाख ३८ हजार १५० कित्ताको सेयर जारी गर्न अुनमति दिएको हो । बोर्डको अनुमति पाएसँगै साञ्जेन लघुवित्तले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक नागरिक लगानी कोष मार्फत अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ । त्यसैगरी, रसुवागढी हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरले एक करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ ।
धादिङवेसीमा नेपाल बैंक लिमिटेडको नयाँ शाखा
काठमाडौँ । धादिङ जिल्लाको धादिङवेसीमा नेपाल बैङ्क लिमिटेडको नयाँ शाखा उद्घाटन भएको छ । धादिङ्गवेसीमा स्थापित शाखाको नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा बैंकका अध्यक्ष अधिकारीले बैंकले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरि बैकिङ सेवामार्फत आर्थिक उन्नतीमा सघाउने वताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बैंक लिमिटेड हाल वित्तीय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे । बैंकको १६० औँ शाखाको रुपमा स्थापित उक्त शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी, वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल, नेउवासंघ धादिंगका पूर्व अध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य गरेका थिए । नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकोका कार्य बैंकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रहरी प्रमुख राजकुमार वैदवार, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तीय संस्थाका प्रमुखहरु, उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो ।
१० प्रतिशत बोनसपछि मिथिला लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १०.४५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ५५१.५८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ७२४.७९ रुपैयाँ तोकिएको छ ।