काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा मंगलबार ७५औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संषिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।