५४ प्रतिशत नाफा बढ्दा नेशनलको ईपीएस ८२ रुपैंया, कस्ट अफ फण्ड वाणिज्य बैंककै हाराहारीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्नो नाफासँगै प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातमा उच्च सुधार गरेको छ । नेशनलले यो आर्थिक वर्षको चैतसम्म ९ करोड २७ लाख २४ हजार रुपैंया खुद मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी (वाषर््िाक) ८१.९४ रुपैंया पुर्याउन सफल भएको हो । १५ करोड ८ लाख ८३ हजार चुक्ता पुँजी भएको नेशनलले उक्त चैत मसान्तसम्म २ अर्ब १३ करोड ऋण लिई बचत सदस्यबाट १ अर्ब १२ करोड रुपैंया उठाउँदा ३ अर्ब ४७ करोड रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ । यसो गर्दा १८ करोड ३८ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको छ । नेशनलको निष्क्रिय कर्जा अनुपात १.५७ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १०.६९ प्रतिशत, कस्ट अफ फण्ड ८.१९ प्रतिशत र चैत मसान्तको मूल्यमा आधारित मूल्य आम्दानी अनुपात २०.३० प्रतिशत छ । यो मूल्य आम्दानी अनुपात खुद्रा ऋण कारोबार गर्ने लघुवित्तहरुमध्येकै राम्रो हो भने कस्ट अफ फण्ड वाणिज्य बैंकहरुकै हाराहारीमा हो । सामान्यतया लघुवित्तको कस्ट अफ फण्ड बैंक तथा वित्तीय संस्थाहरुको भन्दा बढी हुने देखिए पनि नेशनलले भने यो लागतमा वाण्ज्यि बैंकहरुसँग प्रतिस्पर्धामा उत्रिन सफल भएको हो ।

ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखराको बागमारामा

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले उक्त साखा उद्घाटन गरेका हुन् । घरमा रहेको पैसा बैंङ्कमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैङ्क मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैङ्कमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे । बैङ्कका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न उतm कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य ,वडा न. ३३ का वडा सदस्य दिपक लामिछाने, सरस्वती टिका बहुमुखी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पौडेल, बैङ्कका संचालक श्यामप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए । बैङ्कले केन्द्रिय कार्यालय बाग्लुङ्गबाट पोखरा महानगरपालिका वडा न.ं–८ सभागृहचोकमा स्थानान्तरण गर्न लागेको छ भने बैकको शाखा संख्या ९ पुगेको छ । बैंङ्गले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंङ्गले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्नवर्ग कर्जा समेत प्रवाह गर्दै आएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

बैंक तथा वित्तीय संस्थाबाट भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ । चालू आवको आठ महिनासम्म केन्द्रीय बैंकले रु २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ । सो कार्यक्रममा रु २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ रु पाँच करोड १४ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ । रासस