५४ प्रतिशत नाफा बढ्दा नेशनलको ईपीएस ८२ रुपैंया, कस्ट अफ फण्ड वाणिज्य बैंककै हाराहारीमा

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्नो नाफासँगै प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातमा उच्च सुधार गरेको छ । नेशनलले यो आर्थिक वर्षको चैतसम्म ९ करोड २७ लाख २४ हजार रुपैंया खुद मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी (वाषर््िाक) ८१.९४ रुपैंया पुर्याउन सफल भएको हो । १५ करोड ८ लाख ८३ हजार चुक्ता पुँजी भएको नेशनलले उक्त चैत [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले आफ्नो नाफासँगै प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातमा उच्च सुधार गरेको छ । नेशनलले यो आर्थिक वर्षको चैतसम्म ९ करोड २७ लाख २४ हजार रुपैंया खुद मुनाफा आर्जन गर्दा प्रतिशेयर आम्दानी (वाषर््िाक) ८१.९४ रुपैंया पुर्याउन सफल भएको हो ।

१५ करोड ८ लाख ८३ हजार चुक्ता पुँजी भएको नेशनलले उक्त चैत मसान्तसम्म २ अर्ब १३ करोड ऋण लिई बचत सदस्यबाट १ अर्ब १२ करोड रुपैंया उठाउँदा ३ अर्ब ४७ करोड रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ । यसो गर्दा १८ करोड ३८ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको छ ।

नेशनलको निष्क्रिय कर्जा अनुपात १.५७ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १०.६९ प्रतिशत, कस्ट अफ फण्ड ८.१९ प्रतिशत र चैत मसान्तको मूल्यमा आधारित मूल्य आम्दानी अनुपात २०.३० प्रतिशत छ । यो मूल्य आम्दानी अनुपात खुद्रा ऋण कारोबार गर्ने लघुवित्तहरुमध्येकै राम्रो हो भने कस्ट अफ फण्ड वाणिज्य बैंकहरुकै हाराहारीमा हो । सामान्यतया लघुवित्तको कस्ट अफ फण्ड बैंक तथा वित्तीय संस्थाहरुको भन्दा बढी हुने देखिए पनि नेशनलले भने यो लागतमा वाण्ज्यि बैंकहरुसँग प्रतिस्पर्धामा उत्रिन सफल भएको हो ।

Share News