कञ्चनपुरको कृष्णपुरमा एनसीसी बैंकको नयाँ शाखा सञ्चालन

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे । उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका प्रबन्धक रविन्द्र केसीले उपस्थित प्रमुखअतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ३५ जिल्लामा गर्यो बीमा जागरण कार्यक्रम, ६३ सयको सहभागिता

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गरेको छ । २०७५ माघ २७ गतेबाट कारोबार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको कम्पनीले जनाएको छ । जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समक्ष पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीले २०७५ चैत्र मसान्त सम्म देशभर अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यसपछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको जनाएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यकाभित्रको १० वटा शाखा आउँदो चैत्र मसान्त भित्र सञ्चालन गरिसक्ने तयारी गरिरेहको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जनाएका छन् ।

काठमाडौँ उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन खोल्यो तीन वटा शाखा

काठमाडौँ । गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीेले उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु गरे । उक्त कार्यक्रमहरुमा स्थानीय वडाध्यक्ष, पत्रकार, समाजसेवी, सुभेच्छुक, शुभचिन्तक सर्वसाधारण र अन्य प्रतिष्ठित व्यक्ति ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।