विदेशबाट फर्केका युवालाई दशलाखसम्म ऋण, एनएमबी बैंकले १ अर्ब कर्जा प्रवाह गर्ने
काठमाडौ । वैदेशिक रोजगारीबाट फिर्ता भई नेपालमा केही गर्न चाहने युवाहरुलाई एनएमबी बैंकले प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद, एनएमबी बैक र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलकबार कर्जा प्रवाह सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले हस्ताक्षर गरेका छन् । युवाहरुका लागि कृषी, पर्यटन, वन, जडीबुटी लगाएतका क्षेत्रलाई लक्षित गरेर प्रति व्यक्ती अधिकतम १० लाख कर्जा प्रवाह गर्ने र हाललाई १ अर्बसम्म कर्जा प्रवाह हुने बैंकले जनाएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केसीले समृद्ध नेपालका लागि यो कार्यक्रम कोशेढुङ्गा साबित हुने बताए । सिइओ केसीले भने–‘वैदेशीक रोजगारबाट स्वदेश फिर्ता भएका युवाहरुका लागि यो कार्यक्रम लक्षित गरेका छौ ।’ हाल १ अर्बसम्म ऋण प्रवाह गरिने भएपनि आवश्यताका अनुसार सो रकममा वृद्धि हुने उनले बताए । कार्यक्रममा बोल्दै रिर्टनी माइग्रेटका अध्यक्ष उत्तम अधिकारीले भने–‘सरकारले अघि सारेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वरोजगारी बनाउने कुनै कार्यक्रम छैन ।’ उनले स्वरोजगार बन्न बैंक, परिषद् र आफूहरुबीच भएको त्रिपक्षीय सम्झौता सहयोगी बन्ने बताए । यस्तै, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेलले सस्तो श्रममा नेपालीहरु विदेशी भूमिमा काम गर्नु भन्दा आफ्नै देशमा फर्केर केही गर्ने अभियानमा लाग्नु पर्ने बेला भइसकेको बताए । उक्त कार्यक्रममा एनएमबी बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले ५० डिग्री तापक्रममा नेपालीहरुलाई दक्षित गर्दै सम्झौता भएको बताए । उनले देश बनाउने जिम्मा युवाहरुको हातमा भएकाले उनीहरुलाई सहयोग गर्न बैंकले ऋण प्रवाह गर्न लागेको बताए । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तीहरुलाई राष्ट्रिय युवा परिषद्को समन्वय र रिर्टनी माईग्रेन्टको सिफारिसका आधारमा सहुलियपूर्ण कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
कालिमाटीमा सिद्धार्थ बैंकको शाखा बिस्तार
काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार कालीमाटी शाखाको उद्घाटन गरेको छ । बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले गरेका हुन् । बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
लक्ष्मी बैंकको नाफा अर्ब नाघ्यो
काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म १ अर्ब २ करोड ९६ लाख रुपैंया खुद मुनाफा कामएको हो । यो अघिल्लो वर्षको सोही समयको भन्दा १६ करोडले बढी हो । चैत मसान्तसम्म बैंकको निक्षेप ७८ अर्ब ६६ करोड तथा कर्जा प्रवाह ७३ अर्ब ९६ करोड पुर्याएको छ । बैंकले रिजर्भको आकार भने स्थिर राख्दा २ अर्ब १७ करोड रुपैंया कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुग्दा कर्मचारी खर्च ५२ करोडबाट ७० करोड तथा सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपैंया पुगेको देखिएको छ । बैंकको कस्ट अफ फण्ड ७.७३ बाट घटेर ७.३२ प्रतिशत तथा आधार ब्याजदर ११.३५ प्रतिशतबाट घटेर १०.२६ प्रतिशतमा झर्दा स्प्रेडदर ३.६१ प्रतिशतबाट बढेर ४.१९ प्रतिशत पुगेको छ ।