हिमालयन बैंकको ५९ औँ शाखा काठमाडौंको सुकेधारामा

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका-४, सुकेधारमा असार १२ गतेदेखि आफ्नो ५९ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा उहाँले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दौ र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिंग सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए । समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंक छलफलमा जुट्यो, बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव

काठमाडौं । बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव दिने योजना सहित राष्ट्र बैंक छलफलमा जुटेको छ । आज बिहान ११ बजेदेखि  गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागीय प्रमुख र २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुबीच छलफल भइरहेको छ । आज विभिन्न चरणमा हुने छलफलमा आगामी आवको मौद्रिक नीतिले लिने नीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा जान प्रेरिण गर्नेछ । छलफलमा राष्ट्र बैंककातर्फकाट बजेटले वित्तीय क्षेत्रमा गरेको व्यवस्थाका विषयमा औपचारिक जानकारी गराउने जनाइएको छ । सोही विषयमा छलफल गर्न आजै दिउँसो विकास बैंक र बेलुका फाइनान्स कम्पनीसँग बैठक बस्दैछ । मौद्रिक नीतिको तयारी गर्दै गर्दा राष्ट्र बैंकले सरोकारवालाहरूसँग सरकारले गरेको व्यवस्थाको विषयमा छलफल गर्ने तयारीका साथ बैठक बोलाएको हो । ‘बैठकको मुख्य एजेण्डा बजेटले व्यवस्था गरेका विषयमा छलफल गर्ने भनिएपनि बिग मर्जरले प्राथमिकता पाउने छ’-राष्ट्र बैंक श्रोतले भन्यो । ।

घोडीघोडा लघुवित्तको आईपीओ २० गतेदेखि, पहिलो कारोबार नै ३०२ रुपैंयासम्म

काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुल्ने भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुल्न लागेको हो जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने कम्पनीले जनाएको छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।