कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

<p>काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । &#8220;प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा [&hellip;]</p>

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ ।

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडकोे मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्ने व्यवस्था रहेको छ ।

हाल बैंकले ९१ वटा शाखा, ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Share News