नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकममा भने सुधार

काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो । परिसूचक ०.२२ प्रतिशतले घट्दा १२५८.२९ बिन्दुमा पुगेको छ । अघिल्लो दिन ३६ करोडको कारोबार भएकोमा आज बढेर आधा अर्ब नाघेको छ । बुधबार १६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर कारोबार हुँदा ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको हो । बजार घटेको दिन ट्रेडिङ समूह, होटल समूह, अन्य समूह र म्युचुअल फण्ड बाहेकका अन्य समूह बढेका हुन् । ट्रेडिङ २.५३, होटल ०.६, अन्य ०.४६ र म्यूचुअल फण्ड ०.६२ अंकले बढेका हुन् । त्यसैगरी बैंकिङ समूह ३.२३, विकास बैंक समूह ०.९४, जलविद्युत समूह ५.७१, वित्त समूह ०.५६, निर्जीवन बीमा समूह ४.९, उत्पादनमूलक समूह ६.१२, लघुवित्त समूह ३.८६ र जीवन बीमा समूह ११.१८ अंकले घटेृका हुन् । आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १९ करोड, ४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोश्रोमा नेपाल बैंक लिमिटेडको ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैया र तेश्रोमा प्रभु बैंकको २ करोड ७१ लाख ५२ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका सेयरधनीहरुले सबैभन्दा बढी ९.९५ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका सेयरधनीहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले गुमाएका छन् ।

आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइसीएफसी फाइनान्सका खाताबाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ज्योतिलाईफका ग्राहकलाई समर अस्पताल जनकपुरमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योतिलाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।