एक्कै दिन प्रभु बैंकको दुई नयाँशाखा विस्तार

काठमाडौं । प्रभु बैंकले एक्कै दिन दुई नयाँ शाखा कार्यालयको विस्तार भएके छ । डोल्पा जिल्लाको शे -फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखाकार्यालयको रुपमा डुम्रे शाखाकार्यालय गरी सञ्चालनमा आएका हुन् । शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ्गले भएका हुन् । त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले गरेका हुन् । बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसितुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूतआपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्गसेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीयकार्य गरेको बताए । त्यस्तै बैंकको डुम्रे शाखाकार्यालयको उद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पुर्णसिंह थापाले मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ गाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए । भर्खरै सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखाकार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्ने बैंकले विश्वास लिएको छ । साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलिसकेको र सञ्चालनमा रहेको व्यहोरा बैंकले दिएको छ ।

सनराइज बैंकको ११५ औं शाखा बाराको निजगढमा

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेका हुन् । हालसम्म सनराइस बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकको नयाँशाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं  महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।